वर्षाले प्रभावित खेलमा डकवर्थ–लुइस पद्धतिका आधारमा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित भएको छ।
काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग पराजित भएको छ। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित भएको हो।
स्कटल्यान्डले नेपाललाई जितका लागि २४४ रनको लक्ष्य दिएको थियो। तर नेपालले जवाफी ब्याटिङ गर्ने क्रममा वर्षाले अवरोध गरेपछि खेल डकवर्थ–लुइस पद्धतिका आधारमा ३९ ओभरमा झारिएको थियो। नेपालले ३९ ओभरमा २२१ रनको नयाँ लक्ष्य पाए पनि ७ विकेट गुमाएर २१८ रनमा समेटियो। नेपालका लागि गुल्सन झाले सर्वाधिक ६१ रनको योगदान गरे। उनले ३५ बलमा २ चौका र ५ छक्काको सहयोगमा अविजित ६१ रन बनाए।
त्यस्तै, उपकप्तान दीपेन्द्रसिंह ऐरीले ४९ बलमा ५ चौका र १ छक्काको सहयोगमा ५५ रनको अर्धशतकीय इनिङ्स खेले। आसिफ शेख २१, कप्तान रोहित पौडेल ३२ तथा करण केसी १८ रनमा आउट भए भने नन्दन यादव ८ रनमा अविजित रहे।
बलिङतर्फ स्कटल्यान्डका ब्राड करिले ३, मार्क वाटले २ तथा ओलिभर डेविडसन र ज्याक जाभ्रिसले समान १-१ विकेट लिए।
त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४३ रनको योगफल तयार पारेको थियो। स्कटल्यान्डका लागि जर्ज मुन्सीले आक्रामक ब्याटिङ गर्दै ६२ बलमा १२ चौका र २ छक्कासहित सर्वाधिक ७५ रन बनाए। फिन्ले म्याकक्रियतले ३५ रन जोड्दा माइकल इङ्ग्लिस ३४ रनमा अविजित रहे। अन्त्यतिर माइकल लिस्कले २९ तथा मार्क वाटले २४ रन थपेपछि स्कटल्यान्ड सम्मानजनक योगफलतर्फ पुगेको थियो।
नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ४१ रन खर्चेर ४ विकेट लिए। त्यस्तै, करण केसी र नन्दन यादवले समान २-२ विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
