इन्टरनेट लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर पाल्पाका एक युवकको कपिलवस्तुमा ज्यान गएको छ।
कपिलवस्तु– शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर एक प्राविधिकको मृत्यु भएको छ।
इन्टरनेट लाइन मर्मत गर्ने क्रममा पञ्चकन्या जेविएम केबुल नेट चन्द्रौटामा कार्यरत प्राविधिक लेखु थापाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए।
प्रहरीका अनुसार पाल्पाको रिब्दीकोट गाउँपालिका–८ स्थायी घर भएका थापा हाल शिवराज नगरपालिका–३ मदवामा बस्दै आएका थिए। करेन्ट लागेपछि थापा गम्भीर घाइते भएका थिए। स्थानीय र सहकर्मीले तत्काल उनलाई उद्धार गरी उपचारका लागि बुद्ध पोलिक्लिनिक खरेन्द्रपुर पुर्याएका थिए। त्यहाँ सामान्य उपचारपछि अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि उनलाई बुटवल पठाइएको थियो।
बुटवलस्थित अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी उपरीक्षक आचार्यले बताए। घटनापछि मृतकका परिवार तथा आफन्तले घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
