सरकारले मन्त्रालयको सङ्ख्या घटाएर १८ बनाएपछि राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्का सदस्यको कार्यविभाजन र जिम्मेवारी हेरफेर गरेका छन्।
काठमाडौँ— सरकारले मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्का सदस्यको जिम्मेवारी हेरफेर गरेका छन्। राष्ट्रपति पौडेलले सरकारको संशोधित कार्यसम्पादन नियमावलीबमोजिम मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी पुनर्गठन गरेका हुन्।
राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम विसं २०८२ चैत १३ गते गठित प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा बिहीबार मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।
नयाँ कार्यविभाजनअनुसार प्रधानमन्त्री शाहले रक्षा, गृह, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन्। त्यसैगरी अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्रीमा शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा विराजभक्त श्रेष्ठ, पूर्वाधार विकासमन्त्रीमा सुनील लम्साल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा सोविता गौतम र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक एवं सामाजिक सुरक्षामन्त्रीमा सीता वादी रहेका छन्।
यस्तै भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्रीमा निशा मेहता, शिक्षा तथा खेलकुदमन्त्रीमा सस्मित पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा खडकराज पौडेल, सूचना तथा सञ्चारमन्त्रीमा डा. विक्रम तिमिल्सिना, कृषि, वन तथा पर्यावरणमन्त्रीमा गीता चौधरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरी कुमारी र युवा, श्रम तथा रोजगारमन्त्रीमा रामजी यादवलाई तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
