इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसूरमा पक्राउ परेका छन्।

काठमाडौँ- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसूरमा पक्राउ परेका छन्।

पाण्डेलाई सिन्धुलीको कमलामाई नगरपालिका–६ बसपार्क क्षेत्रबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। प्रहरीका अनुसार स्मार्ट टेलिकम प्रा. लि. को सम्पत्ति लिलामी प्रक्रियामा अनियमितता गरेको आरोपमा उनी अनुसन्धानमा तानिएका थिए।

नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा रहेको स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापन र लिलामी प्रक्रियासम्बन्धी विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।