बढ्यो सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला तीन सय रूपैयाँले बढेको हो।

फाइल तस्वीर

काठमाडौँ- नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला तीन सय रूपैयाँले बढेको हो।

 सुन प्रतितोला तीन लाख दुई हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला तीन लाख दुई हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी पाँच हजार सात सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार तोलामा पाँच हजार सात सय १० रूपैयाँमा कारोबार भएको थियो।