नेपाल–चीन जोड्ने उत्तरी कोरला नाकाअन्तर्गत मुस्ताङको छुसाङ–घमी सडक खण्ड कालोपत्र गर्न अर्थ मन्त्रालयले बहुवर्षीय बजेटको स्रोत सुनिश्चित गरेको छ।
मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाका जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत बारागुङ मुक्तिक्षेत्र–३ छुसाङदेखि उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ स्थित घमी सडक योजनाका लागि अर्थ मन्त्रालयले ३ अर्ब १५ करोड रुपैयाँको बहुवर्षीय स्रोत सहमति सुनिश्चित गरेको छ।
अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाको गत सोमबारको पत्रअनुसार ४०.२० किलोमिटर लामो यो सडक स्तरोन्नति तथा कालोपत्रका लागि उक्त बजेट सुनिश्चित भएको हो।
यसअघि कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाको पहलमा राष्ट्रिय योजना आयोगले गत वैशाख ७ गते यस सडक खण्डका लागि बजेटको स्रोत सहमतिका लागि सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरी राष्ट्रिय योजना आयोग र भौतिक पूर्वाधार तथा सहरी विकास शाखालाई स्रोत सहमति प्रदान गरिएको पत्रमार्फत जानकारी गराइएको छ।
बहुवर्षीय स्रोत सहमतिसम्बन्धी (पहिलो संशोधन) मापदण्ड, २०८२ बमोजिम प्रचलित कानून र स्वीकृत मापदण्डअनुसार खर्च गर्ने गरी सोमबारको मन्त्रिस्तरीय निर्णयले स्रोत सहमति दिएको आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिए।
अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चित भएकाले चालु आर्थिक वर्षभित्रै ठेक्का प्रक्रिया शुरू गर्ने बाटो खुलेको आयोजना प्रमुख शर्माको भनाइ छ।
यसअघि मुस्ताङको कागबेनीदेखि छुसाङसम्मको ९.८ किलोमिटर सडक कालोपत्र तथा स्तरोन्नति गर्न सरकारले आवश्यक बजेट विनियोजन गरिसकेको छ। सोहीअनुसार कागबेनी–छुसाङ खण्ड कालोपत्र गर्न गत असार २६ गते २६ करोड ८७ लाख ९६ हजार रुपैयाँ लागतमा ठेक्का सम्झौता भई निर्माण शुरू भइसकेको छ।
कोरला नाका जोड्ने सडक कालोपत्र तथा थप स्तरोन्नति गर्ने उद्देश्यले आयोजनाले दुई चरणमा प्रारम्भिक वातावरण मूल्यांकन (आईईई)समेत सम्पन्न गरिसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
