उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको कारबाहीको निर्णयप्रति असहमति जनाउँदै नेपाल चिकित्सक संघले आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरेका छन
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीश र एक न्याय परिषद् सदस्यको गरी चार जनाको नाम अनुमोदन गरेको छ।
चल्ला उत्पादक किसानले लागतअनुसार मूल्य नपाएपछि संघले एक साता उत्पादन तथा बिक्रीवितरण बन्द गरेको जनाएको छ।
पूर्वजानकारी दिने तथा उद्धार गर्ने सरकारी निकायको क्षमतामाथि प्रश्न उठेको छ। बजेट कटाैतीको विषयलाई लिएर ट्रम्प प्रशासनको आलोचना भइरहेको छ।
निर्माणाधीन अस्पताल भवन सम्पन्न नभइ सेवा शुभारम्भ गरिएकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङ लगायतले सामाजिक सञ्जालमार्फत विरोध जनाएका छन्।
कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।
काठमाडौँ उपत्यकामा थप १०० स्मार्ट विद्युतीय बस सञ्चालनका लागि आवश्यक जग्गा व्यवस्थापन र प्राविधिक पक्षबारे प्रधानमन्त्री कार्यालयमा छलफल भएको छ।
इजरायली प्रधानमन्त्री नेतान्याहुको अमेरिका भ्रमणअघि गाजामा युद्धविराम र बन्धक रिहाइसम्बन्धी वार्ता दोहामा पुनः शुरू हुने अपेक्षा गरिएको छ।
भोजपुरमा शनिबार राति भएको सामूहिक हत्याकाण्डका चारै शव परीक्षणका लागि सदरमुकाम ल्याइएको छ भने घटनामा संलग्न आरोपित राजेन्द्र राईलाई थप उपचारका लागि धरान पठाइएको छ।
शिक्षा समितिका सांसद विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्ने पक्षमा देखिए पनि दलका शीर्ष नेतृत्व र शिक्षामन्त्री नै शिक्षक महासंघको दबाबमा परेपछि अनिश्चित बनेको छ।
महोत्तरीमा यस वर्ष समयमा पानी नपर्दा हालसम्म ३/४ प्रतिशत मात्र धान रोपाइँ भएको छ।
आइतबार नेप्से परिसूचक २.४० अंकले बढेर २,७०६.३६ को विन्दुमा पुग्दा नौ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
अमेरिकाको टेक्सास राज्यमा बाढीका कारण मृत्यु हुनेको संख्या ५० पुगेको छ भने उद्धारकर्मीले हराइरहेका २७ जना बालिकाको खोजी जारी राखेका छन्।
वायु प्रदूषणका कारण सरदर नेपालीको आयु साढे तीन वर्षले घटिरहेको र हरेक वर्ष करिब २६ हजार मानिसको अकालमै ज्यान गइरहेको प्रतिवेदनमा उल्लेख छ।
उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै आइतबार भरतपुर अस्पतालमा चिकित्सकले धर्ना दिएका छन्।
निर्माण क्षेत्रमा भएका दुर्घटनामा विगत पाँच वर्षमा २१३ जना मजदुरको मृत्यु भएको प्रहरीको तथ्यांक छ। घाइतेको संख्या अझ ठूलो छ। तर कानूनले तोकेअनुसार सुरक्षाको बन्दोबस्त हुने गरेको छैन।
कानूनी मागका कारण रोयटर्सको एक्स ह्यान्डल बन्द गरिएको एक्सले जनाएको छ। तर कस्तो खाले कानूनी माग हो भन्नेबारे खुलाइएको छैन।
भोजपुर नगरपालिका–२ का राजेन्द्र राईले सासू, ससुरा, श्रीमती र सालोको हत्या गरेको बयान प्रहरीसमक्ष दिएका छन्।
काभ्रेको बनेपा नगरपालिका– ४ र १ को सीमास्थलमा रहेको पुल शुक्रबार राति भाँचिएपछि सो सडकमा यातायात अवरुद्ध भएको थियो।
दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिममा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।