सुनचाँदीको मूल्यमा दिनहुँ नयाँ रेकर्ड

बुधबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँ तोकिएको छ। यो अघिल्लो दिनभन्दा ९०० रुपैयाँ बढी हो।

काठमाडौँ– नेपाली बजारमा केही दिनदेखि सुनचाँदीको मूल्य लगातार बढिरहेको छ। दुवै धातुको मूल्यले उच्च मूल्यको रेकर्ड बताएका छन्। 

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँ तोकेको छ। यो अघिल्लो दिनभन्दा तोलामा ९०० रुपैयाँ बढी हो। 

अघिल्लो दिन ५ हजार ५०० रुपैयाँ बढेर २ लाख ६७ हजार २०० रुपैयाँ रहेको थियो। 

त्यस्तै, चाँदी प्रतितोला १६५ रुपैयाँ बढेको छ। चाँदी प्रतितोला ४ हजार ४२० रुपैयाँ पुगेको छ। मंगलबार ४ हजार २५५ रुपैयाँ रहेको थियो।