धुलिखेल–खावा सडकमा धमाधम काम [तस्वीरहरू]

दैनिक १०० जनाभन्दा बढी मजदुरले काम गरिरहेका छन्। १४ महिनाको ठेक्का समय रहेको छ। तर समयअघि नै सक्ने लक्ष्य छ।

धुलिखेल–खावा सडकमा धमाधम काम [तस्वीरहरू]
बिजेन अमात्य/नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक स्तरोन्नति पुनः शुरू भएको छ। नयाँ निर्माण कम्पनीसँग कात्तिकमा सम्झौता भएपछि काम थालिएको हो। 

सडकका सुपरभाइजर लोकहरि नेपालका अनुसार दैनिक १०० जनाभन्दा बढी मजदुरले काम गरिरहेका छन्। १४ महिनाको ठेक्का समय रहेको छ। तर समयअघि नै कालोपत्र गरेर सक्ने लक्ष्य रहेको उनले बताए। 

null

“उपकरण र सामानको अभाव छैन। पहिले स्ट्रक्चरको काम सकेर पिच गर्न शुरू हुन्छ। स्थानीयको पनि सहयोग छ,” नेपालले भने। सडक स्तरोन्नति नहुँदा यात्रुले लामो समयदेखि सास्ती भोग्दै आएका थिए।

nullnullnullnullnullnullnull