आज नेप्से परिसूचक १.३७ अंकले बढेर दुई हजार ५८५.८७ को बिन्दुमा कायम भएको हो।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। आज नेप्से परिसूचक १.३७ अंकले बढेर दुई हजार ५८५.८७ को बिन्दुमा कायम भएको हो।
आज ३३४ कम्पनीको ७२ लाख २४ हजार ९१७ कित्ता शेयर ६२ हजार ७६८ पटक खरिदबिक्री हुँदा तीन अर्ब २२ करोड ४६ लाख ६४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी ५.३२ प्रतिशतले बढेको छ। सबैभन्दा बढी ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ४.२६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी एसवाई प्यानल नेपाल लिमिटेडको १४ करोड ४९ लाख ३५ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।
कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा बढी तेह्रथुम पावर कम्पनी लिमिटेडको दुई लाख ६२ हजार ५८५ कित्ता शेयर खरिदबिक्री भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
