पश्चिमी वायुको प्रभाव, तराईका अधिकांश स्थानमा हुस्सु

कोशीको तराई भूभागमा मध्यान्नसम्म तथा बाँकी तराई भूभागमा दिनभर नै हुस्सु र कुहिरो लाग्नेछ।

काठमाडौँ– देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

कोशीको तराई भूभागमा मध्यान्नसम्म तथा बाँकी तराई भूभागमा दिनभर नै हुस्सु र कुहिरो लाग्नेछ।  

पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ। यसैगरी, राति पनि तराईमा हुस्सु रहनेछ। 

पहाडी तथा हिमाली भूभागमा भने मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।