AnonymousUser

Logout

नेप्से परिसूचकमा सामान्य अंकको सुधार, १८ अर्बभन्दा बढीको शेयर किनबेच

बिहीबार नेप्से परिसूचक ३.७६ अंकले बढेर २९८२.६४ को बिन्दुमा कायम भएको हो।

बाजुरा जिप दुर्घटना: घाइतेलाई सेनाको हेलिकप्टरमार्फत उद्धार

बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा घाइते भएकाहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत लगिएको छ।

सुरक्षित तथा आत्मनिर्भर हवाई क्षेत्रका लागि स्पष्ट नीति र संरचना आवश्यक: सांसद

हवाई सेवा प्राधिकरण विधेयकमाथिको छलफलका क्रममा सांसदले सुरक्षित, प्रभावकारी र आत्मनिर्भर हवाई क्षेत्र निर्माणका लागि स्पष्ट नीति र संरचनाको आवश्यकतामा जोड दिएका छन्।

‘भिजिट भिसा’ प्रकरणमा छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाले बहिष्कार गरे संसद् बैठक

‘भिजिट भिसा’ प्रकरणमा उच्चस्तरीय र संसदीय छानबिन समितिको माग गर्दै रास्वपा र राप्रपाका सांसदहरूले प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन्।

गुल्मीको सत्यवतीमा पहिलो बेत ब्याउने गाईलाई १० हजार अनुदान

अनुदान लिनका लागि कृषकले अन्यत्रबाट किनेर ल्याएको गाई नभइ अनिवार्य रूपमा आफ्नै गोठमा हुर्काएको हुनुपर्ने छ।

भक्तपुरमा दिदीबहिनी मृतावस्थामा फेला

सुर्खेत घर भइ भक्तपुरमा डेरा गरी बस्ने १७ र १५ वर्षका ती दिदीबहिनी घरको प्यासेजमा एउटै डोरीमा झुन्डिएको अवस्थामा फेला परेका हुन्।

थाइल्यान्ड–कम्बोडिया सीमा विवाद चर्किँदै, दुवै देशले फिर्ता बोलाए राजदूत

दुवै पक्षले आपसी सहमतिको बाबजुद सीमामा नयाँ बारुदी सुरुङ बिछ्याएको आरोप एकअर्कामाथि लगाइरहेका छन्।

चितवन राष्ट्रिय निकुन्ज: वन्यजन्तुको आक्रमणबाट १ वर्षमा ११ जनाको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८१/०८२ मा हात्ती, गैँडा, बाघलगायतका वन्यजन्तुको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका छन्।

आज देशभर मनसुनी वायुको प्रभाव कमजोर

महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी,  कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ।

विदेशी आहारपूरक आयातले स्वदेशी उद्योग मर्कामा

विदेशबाट आयात भएका आहारपूरकसँग स्वदेशी उत्पादनले  प्रतिस्पर्धा गर्न समस्या भइरहेको उद्योगीहरूले गुनासो गरेका छन्।

पक्राउ परेका व्यक्तिको तस्वीर तथा भिडियो सार्वजनिक नगर्न प्रहरीको परिपत्र

प्रहरीले कुनै पनि घटना तथा अपराधमा पक्राउ परेका व्यक्तिको तस्वीर तथा भिडियो सार्वजनिक नगर्ने भएको छ।

बागलुङबाट बर्सेनि आठ लाख २२ हजार टन माटो बग्दै

बागलुङमा अव्यवस्थित ग्रामीण सडक निर्माणका कारण बर्सेनि ८ लाख टनभन्दा बढी माटो बग्ने गरेको छ। यसको नियन्त्रणका लागि बायोइन्जिनियरिङमा ध्यान दिनुपर्ने एक अध्ययनले देखाएको छ।

पृथ्वी राजमार्ग विस्तारपछि बढ्यो दुर्घटना, १ वर्षमा ६२ जनाको मृत्यु

जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख कृष्णबहादुर चन्दले सडक विस्तारपछि यात्रा सहज भए पनि दुर्घटना बढ्नुको मुख्य कारण सडकका घुम्ती र स्ट्रेट रोडबारे यात्रुहरू जानकार नहुनु रहेको बताए।

एनपीएल अनियमितता

आईसीसीको मञ्चमा चर्चा पाएको कालापत्थरको ढुंगा, त्यसमै भएको थियो ८ लाख भ्रष्टाचार

नेपाल प्रिमियर लिगको ट्रफीमा राख्ने सगरमाथा आधारशिविरको पत्थर ल्याउन करिब आठ लाख रुपैयाँ गोलमाल गरिएको तथ्य फेला परेको छ। यसले अनियमितताको दलदलमा परेको एनपीएलमा केसम्म गरियो भन्ने देखाउँछ।

रौतहटमा सिँचाइ गर्दा करेन्ट लागेर २ किसानको मृत्यु

रौतहटमा विद्युतीय मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर दुई किसानको मृत्यु भएको छ।

नेप्से परिसूचक ५.१७ अंकले बढ्यो

बुधबार नेप्से परिसूचक ५.१७ अंकले बढेर २९७८.८८ को बिन्दुमा कायम भएको हो।

पूर्वमन्त्री रायमाझीको मुद्दामा १८ गते पेसी

नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि पुर्पक्षका लागि थुनामा रहेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको मुद्दामा जाहेरीवाला र साक्षीको बकपत्र (बयान) सकिएपछि यही साउन १८ गतेका लागि पेसी तोकिएको छ।

मधेश प्रदेश संकटग्रस्त क्षेत्र घोषणा

मधेश प्रदेशको कुल खेती हुने क्षेत्रफलमध्ये ४६ प्रतिशत जमिनमा मात्र रोपाइ हुन सकेको छ।

तीव्र गतिमा सवारीसाधन चलाउँदा बढी दुर्घटना

सबैभन्दा बढी दुर्घटना तीव्र गतिमा सवारीसाधन चलाउँदा हुने गरेको नेपाल प्रहरीको पछिल्लो विश्लेषणले देखाएको छ।

केरुङमा फसेका नेपालीलाई आज स्वदेश फर्काइँदै

नेपाल–चीन सिमानामा रहेको ल्हेन्दे खोलामा गत असार २४ गते आएको बाढीबाट चीनमा फसेका नेपालीलाई आज स्वदेश फर्काइने भएको छ।