AnonymousUser

Logout

‘म्यान अफ द गोरखा’ दौडको उपाधि नेपाली सेनाका रोकायलाई

गोरखामा आयोजित ‘म्यान अफ द गोरखा’ दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका राजन रोकायले जितेका छन्।

तरकारीले मूल्य पाएपछि किसान खुसी

कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले स्थानीय उत्पादनले बजार पाइएन भन्ने गुनासो हुने गरेको भए पनि गुणस्तरीय उत्पादन गर्न सकेमा मूल्य र बजार पाउन कठिन नहुने बताए।

मौसम पूर्वानुमान: तराईमा कुहिरो र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

कोशी, बागमती, गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान छ।

बांग्लादेशका विद्रोही विद्यार्थी नेता र इस्लामवादी दलबीच चुनावी गठबन्धन

बांग्लादेशको सबैभन्दा ठूलो इस्लामिक पार्टीले आइतबार गत वर्षको विद्रोहको नेतृत्व गर्ने विद्यार्थीहरूले गठन गरेको राजनीतिक संगठन (एनसीपी) सँग सिट बाँडफाँटका लागि सम्झौताको घोषणा गरेको छ।

गोरखाको हुलाक कार्यालय देशकै सर्वोत्कृष्ट

हुलाक विभागद्वारा लागु गरिएका विभिन्न मापदण्ड सबैभन्दा पहिले पूरा गरी जिल्ला हुलाक कार्यालय गोरखा सर्वोत्कृष्ट बन्न सफल भएको हो।

जसपा र लोसपाबीच पार्टी एकताको समझदारी

देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्यांकन तथा विश्लेषण गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्न पार्टी एकीकरण गर्ने निर्णय गरिएको अध्यक्षद्वयद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

नागरिकतासम्बन्धी कसुरमा वडाध्यक्ष पक्राउ

नागरिकतासम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा प्रहरीले मलंगवा नगरपालिका–७, मुसैलीका वडाध्यक्ष मो. ईशा मिक्रानीलाई पक्राउ गरेको छ।

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जाडोयाममा आगो ताप्ने, हिटर वा गिजरजस्ता उपकरण प्रयोग गर्दा विशेष सावधानी अपनाउन सर्वसाधारणमा आग्रह गरेको छ।

मुद्दाको हदम्याद, तारेख र म्याद थप्न सर्वोच्च अदालतको अनुमति

सर्वोच्च अदालतले विचाराधीन मुद्दाहरूको हदम्याद, तारेख र म्याद थपका लागि अनुमति दिने निर्णय गरेसँगै सेवाग्राहीले आगामी पुस मसान्तसम्म मुद्दाको हदम्याद, तारेख र म्याद थाम्न पाउने छन्।

समानुपातिकतर्फको बन्दसूची बुझाउन थाले दलहरूले

आयोगमा एक सय राजनीतिक दलले ९३ वटा चुनाव चिह्नमार्फत समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुन दल दर्ता गराएका छन्। दलहरूले सोमबारसम्म आफ्ना उम्मेदवारको बन्दसूची पेश गर्न पाउने व्यवस्था छ।

उपसभामुख इन्दिरा रानाले दिइन् राजीनामा

सभामुख र उपसभामुखको कार्यकाल निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने अघिल्लो दिनसम्म रहने अभ्यास भए तापनि उपसभामुख रानाले सो समयअगावै आइतबार पदबाट राजीनामा दिएकी छन्।

निर्वाचन आचारसंहिता स्वीकृत, माघ पहिलो सातादेखि लागू हुने

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ‘निर्वाचन आचारसंहिता, २०८२’ स्वीकृत गरी सार्वजनिक गरेको छ। आचारसंहिता माघ पहिलो सातादेखि लागू गर्ने आयोगको तयारी छ।

नेप्से परिसूचक ४७ अंकले बढ्यो, साढे ५ अर्बको शेयर कारोबार

आइतबार नेप्से परिसूचक ४७.५५ अंकले बढेर २६३३.४२ को विन्दुमा कायम भएको छ भने ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

रसुवागढी नाकाको मितेरी पुलबाट सवारी आवागमन खुल्ला

बाढीका कारण विगत ६ महिनादेखि अवरुद्ध रसुवागढी नाकामा बेलीब्रिज निर्माण सम्पन्न भएसँगै आइतबारदेखि सवारी आवागमन पुनः सञ्चालन भएको छ।

क्यासिनो वाल्डोका अध्यक्ष चेन पक्राउ

प्रहरीले ठगीको आरोपमा क्यासिनो वाल्डो डाइनेस्टी इन्टरटेनमेन्टका अध्यक्ष, चिनियाँ नागरिक चेन मिन चिङलाई पक्राउ गरेको छ।

दलीय राजनीतिमा आउन केले ‘ट्रिगर’ गर्‍यो बालेनलाई?

नयाँ दल दर्ता गर्ने अन्तिम मिति कात्तिक ३० गतेसम्म बालेनले दल दर्ताको चासो राखेनन्, तर पुस ९ गतेदेखि म्याराथन भेटघाट गरेका उनी अकस्मात दलीय राजनीतिमा आउन किन प्रेरित भए?

चिसोले महोत्तरीका विद्यालय बन्द

चिसोले जनजीवन प्रभावित भएपछि महोत्तरीका १५ वटै स्थानीय तहले विद्यालयमा बिदा दिने निर्णय गरेका छन्।

थाइल्यान्ड–कम्बोडिया सीमा युद्धविराम सम्झौतामा हस्ताक्षर

कम्बोडियाका रक्षामन्त्री टी सेइहाले युद्धविरामले विस्थापित नागरिकलाई घर फर्किन, खेतीपाती गर्न र बालबालिकालाई विद्यालय जान बाटो खुल्ने बताएका छन्।

अवैध मार्गबाट मानव तस्करी, खुला नाका चुनौती

पछिल्लो एक वर्षमा पश्चिमी सीमानाका गड्डाचौकी तथा आसपासका क्षेत्रबाट मानव बेचबिखनको जोखिममा परेका २०९ जना महिला तथा बालबालिकालाई उद्धार गरिएको छ।

तोलामा २ लाख ७० हजार नाघ्यो सुन

चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा २७० रुपैयाँले बढेर ४ हजार ८३५ रुपैयाँ पुगेको छ।