AnonymousUser

Logout

सेनामा ‘घरदास’ प्रथा

मुलुक रक्षाको सपथ खाएका सैनिकलाई घरेलु कामदारका रूपमा राख्ने कानूनी व्यवस्था नभए पनि आन्तरिक नियम र प्रचलनको आडमा तीनदेखि चार हजार सैनिकलाई हाकिमहरूको श्रमिकका रूपमा खटाइएको छ।

कामबाट निकालिएको रिसमा हत्या, २ जना पक्राउ

प्रहरी अनुसन्धानबाट हत्याको मुख्य कारण पुरानो रिसइबी र कामबाट निकालिएको रिस रहेको खुलेको छ।

एसीसी यू१९ प्रिमियर कपः उपाधिका लागि नेपाल र यूएई भिड्दै

एसीसी पुरुष यू१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र आयोजक यूएईबीच प्रतिस्पर्धा हुने भएको छ।

रास्वपा र विवेकशील साझाबीच पार्टी एकता

सहमतिमा राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक सिद्धान्त र नेतृत्व निःशर्त स्विकार्दै निष्ठा र मूल्य मान्यतामा आधारित वैकल्पिक राजनीतिकको प्रवर्द्धनमा उज्ज्वल थापा एवं विवेकशील अभियानको योगदानलाई दस्ताबेजीकरण गरी मान्यता दिने उल्लेख छ।

प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ

सीआईबीको टोलीले प्रभु बैंकका सीईओ अशोक शेरचनलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरेको छ।

नेप्से परिसूचक २६.५१ अंकले घट्यो, कारोबार रकम भने बढ्यो

आइतबार नेप्से परिसूचक २६.५१ अंकले घटेर २,६४९.५२ को विन्दुमा कायम भएको छ भने कारोबार रकम सात अर्ब रुपैयाँ नाघेको छ।

‘गोरखापत्र एकेडेमी’ सञ्चालन गर्दै गोरखापत्र संस्थान

गोरखापत्र संस्थानले एकेडेमीमार्फत पत्रकारिता क्षेत्रका लागि आवश्यक पर्ने जनशक्ति विकास, समसामयिक अध्ययन, अनुसन्धान, तालिम तथा पुस्तक र जर्नल प्रकाशनलगायतका गतिविधि सञ्चालन गर्ने जनाएको छ।

काठमाडौँमा जेनजी आन्दोलनका १६९ घाइतेको वर्गीकरण

काठमाडौँ प्रशासनले जेनजी आन्दोलनका घाइतेहरूलाई चार समूहमा वर्गीकरण गरेको छ, जसमध्ये अति गम्भीर १५, गम्भीर ५१, मध्यम ३६ र सामान्य ६७ जना रहेका छन्।

प्रधानमन्त्रीको रोहबरमा एनआरएनएबीच एकताको घोषणा

प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा आइतबार महेश श्रेष्ठ र डा. बद्री केसीले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका छन्।

बझाङमा ४.४ म्याग्निच्युडको भूकम्प

आइतबार मध्यान्ह १२:९ बजे ४.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।

फ्लोरिडामा युक्रेन–अमेरिका उच्चस्तरीय वार्ता

वार्ताले मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हुने महत्त्वपूर्ण छलफलका लागि आधार तय गर्ने जनाइएको छ।

प्रवासी मताधिकार

‘प्रवासबाट मतदान गर्न कम्तीमा ४-५ वर्षको तयारी हुनुपर्थ्यो’

‘अहिले हामीलाई सजिलो छ, किनभने ‘जनताले गतिलो मान्छेलाई भोट दिएनन्, त्यसैले नेपालमा नियम कानून बनेन’ भन्न पाएका छौँ। भोट हाल्न पाए हामी पनि टेस्टेड हुन्थ्यौँ। कति सुझबुझ पुर्‍यायौँ भन्ने देखिन्थ्यो।’

सिन्धुलीमा सवारी दुर्घटना, १ जनाको मृत्यु

दुर्घटनामा गम्भीर घाइते भएका कमलामाई नगरपालिका–१४ चन्दनपुरका २५ वर्षीय दीपेश कुमरको दुधौली नगर अस्पतालमा उपचार भइरहेको छ।

देशका अधिकांश भागमा आंशिक बदली हुने

महाशाखाका अनुसार आइतबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.६ डिग्री सेल्सियस रहेको थियो।

हामीले अँध्यारो हटायौँ, अब उज्यालोले प्रकृति बरवाद पार्दैछ

आधुनिक बल्ब, बत्ती र चमकधमक प्रकाशको आगमनसँगै, हामीले उज्यालोलाई राति अबेरसम्म फैलाएका छौँ। कुनै समय तारा वा चन्द्रमाको प्रकाशले मात्र छुने स्थानमा पनि प्रकाश पुर्‍याएका छौँ।

एनपीएलमा कर्णालीलाई काठमाडौँको चुनौती

सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले चारमध्ये एक खेल मात्र जितेको छ। कर्णाली दुई अंकका साथ छैटौँ स्थानमा छ।

आगलागीका घटनामा वृद्धि, सचेत रहन प्राधिकरणको आग्रह

सुक्खा मौसम शुरू भए लगत्तै देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएकाले सावधानी अपनाउन प्राधिकरणले आग्रह गरेको छ।

एयरबस ए–३२० मा सफ्टवेयर गडबडी, विश्वभर उडान प्रभावित

एयर इन्डिया, एभियाङ्का, फिलिपिन्स एयरलाइन्स तथा सेबु प्यासिफिकलगायत क्यारियरहरूले समेत उडान डिले, रद्द र पुनः बुकिङका जानकारी क्रमशः सार्वजनिक गरिरहेका छन्। फिलिपिन्समा मात्र शनिबार ४० भन्दा बढी घरेलु उडान रद्द गरिएको थियो।

बैरागी काइँलालाई पहिचान सम्मान, गणेश राईलाई पहिचान युवा सम्मान

पहिचान पुरस्कार कोषले वरिष्ठ साहित्यकार बैरागी काइँलालाई पहिचान सम्मान र गणेशकुमार राई (गीलुरातोस)लाई पहिचान युवा सम्मान प्रदान गर्ने निर्णय गरेको छ।

रिभल्बरसहित एक जना पक्राउ

प्रहरीले काठमाडौँबाट रिभल्बरसहित एक जनालाई पक्राउ गरेको छ।