AnonymousUser

Logout

नेप्से परिसूचकमा १ प्रतिशतको वृद्धि, कारोबार रकम ७ अर्ब नाघ्यो

मंगलबार नेप्से परिसूचक २८.९१ अंक अर्थात् १.०९ प्रतिशतले बढेर २६६०.३९ को विन्दुमा पुगेको छ।

झापामा ८ जनामा कोभिड संक्रमण

संक्रमण देखिन थालेपछि मेचीनगर नगरपालिकास्थित काँकरभिट्टा नाकामा शंकास्पद मानिसको कोभिड परीक्षण शुरू गरिएको छ।

१ हजार ७४ किलो गाँजासहित मकवानपुरबाट ४ जना पक्राउ

कैलाश गाउँपालिका–५ कटहरेबाट एक हजार ७४ किलो अवैध गाँजासहित चार जना पक्राउ परेका छन्। 

सुन व्यवसायीलाई उपभोक्ताको चिन्ता कि पारदर्शी हुनुपर्ने डर?

सुनमा विलासिता शुल्क लागू भए उपभोक्ता नै मारमा पर्ने व्यवसायी बताउँछन्। तर नयाँ व्यवस्थाले सुन कारोबारमा पारदर्शिता हुने भएपछि व्यवसायी डराएको सरकारका अधिकारीको दाबी छ।

बेचन पक्राउका मूल ‘साक्षी’लाई दिइएन बकपत्रको मौका

नक्कली शरणार्थी प्रकरणका जाहेरीवाला र साक्षी समेतको बकपत्र वैशाख ९ यता जारी छ। जिल्लामा रहेका र बकपत्रबारे सूचना नपाउने ३० भन्दा बढी साक्षी अझै काठमाडौँ जिल्ला अदालत आएका छैनन्।

नेपालले भुटानलाई २९८ रनले हरायो

जितका लागि ३५९ रनको लक्ष्य पाएको भुटानले ३२.४ ओभरमा ९ विकेट गुमाउँदै ६० बनायो। अन्तिम ब्याटर क्रिजमा नआएपछि नेपाल विजयी भयो। 

थाइल्यान्डका प्रधानमन्त्री सिनावात्रा निलम्बित

मंगलबार संवैधानिक अदालतले कम्बोडियासँगको कूटनीतिक विवादमा सिनावात्रामाथि छानबिन शुरू गर्दै निलम्बन गरेको छ।

दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु

हैदराबादबाट करिब ५० किलोमिटर टाढास्थित एक औषधि कारखानामा सोमबार विस्फोटपछि आगलागी भएको थियो। विस्फोट हुँदा कारखानाभित्र १०८ कामदार रहेको जनाइएको छ।

रौनकको शतकमा नेपालले भुटानलाई दियो ३५९ रनको लक्ष्य

नेपालका रौनक श्रीवास्तवले सर्वाधिक १६८ रन बनाए। १३२ बल खेलेका उनले १६ चौका र ५ छक्का प्रहार गरे। 

वनहरामा बाढीको जोखिम: राजमार्ग छेउ सर्न थाले भूमिहीन परिवार

बस्दै आएको ठाउँमा बाढी पस्न सक्ने जोखिमलाई मध्यनजर गर्दै भूमिहीन परिवार पूर्वपश्चिम राजमार्ग छेउमा सर्न थालेका छन्। उनीहरूले त्यहाँ त्रिपाल, पुराना च्यातिएका प्लास्टिक र कपडाले ढाकेर टहरा बनाएका छन्।

म्यानचेस्टर सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा

अल–हिलालले अब सेमिफाइनल प्रवेशका लागि ब्राजिलियन टोली फ्लुमिनेन्ससँग खेल्नेछ। फ्लुमिनेन्स इटालियन क्लब इन्टर मिलानलाई हराउँदै अन्तिम आठमा पुगेको हो।

वीरगन्ज भन्सार: भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब

वीरगन्ज नाका हुँदै भारतमा निर्यातको हिस्सा ९५.०५ प्रतिशत छ। धेरै निर्यात हुने दोस्रो मुलुकमा अमेरिका रहेको छ।

नेपाल 'जासुसको केन्द्र' बन्दा हाम्रो कूटनीति

नेपालको वर्तमान कूटनीतिक कमजोरीको उदाहरण हो- हालै आयोजित ‘सगरमाथा संवाद’। यस संवादमा अन्तर्राष्ट्रिय मञ्चबाट राष्ट्र वा सरकार प्रमुखको उपस्थिति शून्य थियो।

विश्वव्यापी आर्थिक र वित्तीय प्रणालीमा न्यायका लागि प्रधानमन्त्री ओलीको आह्वान

स्पेनको सेभियामा जारी सम्मेलनमा अल्पविकसित देशहरूको समूहका तर्फबाट बोल्दै प्रधानमन्त्री ओलीले धनी र विकसित मुलुकले आफूले विश्वकासामु गरेका प्रतिबद्धता प्रभावकारी कार्यान्वयनका लागि जोड दिए।

कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिकेखि साधारणतया बदली रहेको छ। दिउँसो देशभर साधारणतया बदली रहनेछ।

बढ्यो पेट्रोल–डिजेल र हवाई इन्धनको मूल्य

आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य ४ रुपैयाँले बढाएको छ।

धानचामल आयातमा १७.८२ अर्बको वृद्धि

देशमा धानचामल आयात गत वर्षको तुलनामा करिब १७ अर्ब ८२ करोड रुपैयाँ बढेको छ।

दरबारमार्गमा लिफ्टको काम गर्दैगर्दा खसेर २ मजदुरको मृत्यु

दरबारमार्गमा निर्माणाधीन एउटा भवनको लिफ्टमा काम गर्दैगर्दा चौथो तलाबाट खसेर दुई कामदारको मृत्यु भएको छ।

इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु

इजरायलसँग भएको १२ दिन लामो युद्धका क्रममा इरानमा कम्तीमा ९३५ जनाले ज्यान गुमाएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ।

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग एकतर्फी खुल्यो

कर्णाली राजमार्गअन्तर्गत कालीकोटको शुभकालिका गाउँपालिका–१ को गगनेखोला र जितेनजिक पहिरो पन्छाएपछि राजमार्ग खुलेको हो।