वैदेशिक रोजगारी र शहरीकरणले परम्परागत संयुक्त परिवारको संरचना भत्काएपछि जीवनभर सन्तानको हेरचाह गरेका ज्येष्ठ नागरिक बुढेसकालमा गाउँघरमा एक्लै बस्न बाध्य छन्।
लगातारको वर्षाका कारण पहिरो गएर गुल्मी र पाल्पाका प्रमुख राजमार्ग अवरुद्ध हुँदा यात्रुहरूलाई गन्तव्यमा पुग्न समस्या भएको छ।
पोखरामा सडक बनाउने खिलबहादुरलाई एक अपरिचितले राम्रो काम लगाइदिने आश्ववाशन दिएर भारत पुर्याए। तर त्यहाँ बेहोस बनाएर मिर्गौला झिकेको उनले नेपाल आइपुग्दासम्म थाहै पाएनन्।
अस्ट्रेलियामा हुने श्रृंखलाका लागि बांग्लादेश ‘ए’ को कप्तानको जिम्मेवारी टेस्ट र ओडीआईका अनुभवी नरुल हसन सोहनलाई दिइएको छ। नेपाल र बांग्लादेश ‘ए’ बीच साउन ३१ गते खेल हुनेछ।
‘विपिन जोशीको सरोकारमा जोडिएर आगामी साता विपिनकी आमा र बहिनी इजरायल आउँदै हुनुहुन्छ। उहाँहरूलाई यहाँ राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गराउने पहल भइरहेको छ।’
दाङ–सल्यानको सिमाना नजिकै पहिरो गएपछि मंगलबार बिहानदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक खुलाउने प्रयास भइरहेको छ।
काठमाडौँबाट सुनसरीतर्फ जाँदै गरेको ट्रक सोमबार साँझ दुर्घटना हुँदा उदयपुर रौतामाई–७ का ७२ वर्षीय टंकबहादुर लामिछाने मगरको मृत्यु भएको छ।
छानबिन समितिले २९ दिनसम्म विभिन्न ३७ बैठक बसेर तयार पारेको प्रतिवेदन सर्वसम्मत पारित भएको छ। प्रतिवेदन मंगलबारको प्रतिनिधिसभा बैठकमा पेश गर्ने तयारी छ।
जलवायु परिवर्तनको समाधान केवल प्रविधिमा छैन। यसको समाधान सामाजिक न्यायमा छ, जसबाट उत्सर्जन गर्ने र असर भोग्नेबीचको असमानता अन्त्य गर्न सकियोस्।
दिउँसो देशभर अधिकांश बदली रहने छ। कोशी र मधेशका केही तथा अन्य प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
बेलका नगरपालिकाको कोठु, डुम्रीबोट, सिसौलीलगायत क्षेत्रमा पानीको बहाव कोशी किनार नाघेर बाहिर आउन थालेकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।
आगामी २४ घण्टामा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
प्रदर्शनकारीहरूले अमेरिकाले भन्सारलाई राजनीतिक दबाबको साधन बनाएर ब्राजिलको न्यायिक स्वतन्त्रता र राष्ट्रिय स्वाधीनतामा हस्तक्षेप गरेको आरोप लगाएका छन्।
स्थानीय बासिन्दाका अनुसार मैनवती खोलाबाट अनियन्त्रित रूपमा बालुवा र माटो उत्खनन गर्दा पुलको संरचना कमजोर भएको थियो।
दुर्घटनामा घाइते भएका ट्रकका सहचालकलाई जिल्ला अस्पताल उदयपुर पठाइएको प्रहरीले जनाएको छ।
उच्च अदालत, पाटनले तीनकुने घटना र बैंकिङ कसुरसम्बन्धी मुद्दामा दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ।
लेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित डौँठेखोलामा भएको माइक्रोबस दुर्घटनाका मृतक तथा घाइतेको पहिचान खुलेको छ।
कक्षा १२ को परीक्षामा ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड भएका छन्।
८० वर्षअघि हिरोशिमामा खसालिएको आणविक बमबाट बाँचेका कोरियालीहरू अहिले पनि शारीरिक, मानसिक र सामाजिक रूपमा पीडामा छन्।
मन्त्रिपरिषद्ले भाषा आयोग सदस्यमा त्रिभुवन विश्वविद्यालयका प्राडा कृष्णप्रसाद न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको थियो। तर स्याङ्जाको भगवती माविका शिक्षक कृष्णप्रसाद न्यौपानेले नियुक्तिपत्र बुझे।