अघिल्लो वर्षसम्म करिब चार महिना होटल बन्द हुने गरे पनि यसपालि एक दिन पनि खाली बस्न नपरेको ढोरपाटन उपत्यका होटल व्यवसायी संघका अध्यक्ष जीवन अदै बताउँछन्।
ढोरपाटन– ढोरपाटनमा अत्यधिक चिसो बढेको छ। बिहानपख धारामा पानी नै जम्छ भने बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुन्छ।
ढोरपाटनमा चिसो बढेपछि स्थानीय बेँसी झरे। अस्थायी रूपमा बसोबास गर्ने र व्यवसायीमात्र यहाँ छन्। पाँच वर्ष अगाडिसम्म हिउँदमा ढोरपाटन सुनसान नै हुन्थ्यो। तर यस वर्ष यो याममा पनि पर्यटकको चहलपहल छ। बाह्रै महिना यहाँको सुन्दरतामा कमी नआउने हुँदा पर्यटकको रोजाइमा ढोरपाटन परेको छ।
गत वर्ष पनि यतिबेला ढोरपाटन सुनसान नै थियो। मंसिर अन्तिम सातासम्म पर्यटकको चहलपहल हुने गरे पनि चैतसम्म सुनसान हुन्थ्यो। चिसो याममा पनि पर्यटक आउन थालेपछि होटल व्यवसायी उत्साहित छन्। अघिल्लो वर्षसम्म करिब चार महिना होटल बन्द हुने गरे पनि यसपालि एक दिन पनि खाली बस्न नपरेको ढोरपाटन उपत्यका होटल व्यवसायी संघका अध्यक्ष जीवन अदैले बताए।
पछिल्लो पाँच वर्षमा ढोरपाटन आउने पर्यटकको संख्या उल्लेख्य रहेको भन्दै हिउँद याममा पनि पर्यटकको चहलपहल भएको पहिलोपटक भएको उनको भनाइ छ। यो सिजनमा शुक्रबार र शनिबार करिब २०० र अन्य बेला ३०–५० जना पर्यटक ढोरपाटन आउने गरेको अध्यक्ष अदैले बताए। यहाँको बारेमा तीव्र प्रचारप्रसार हुँदा बुटवल, पोखरा, काठमाडौँ, चितवन, भैरहवालगायत देशैभरबाट पर्यटक आउन थालेको उनको भनाइ छ।
“गत वर्ष यो बेला त सुनसान नै भएको थियो, तर यसपालि दैनिकजसो पर्यटक आइरहेका छन्, हिउँ पर्दा बुर्तिबाङ र त्यस आसपासबाट मान्छे हिउँ खेल्न आउँथे तर यसरी घुम्न भने आउँदैनथे,” अध्यक्ष अदैले भने, “अब त विस्तारै सडक पनि राम्रो हुँदैछ, आगामी वर्षदेखि त ढोरपाटनमा बाह्रै महिना पर्यटकको चहलपहल हुने आशा जागेको छ।”
एक दशक अगाडिसम्म ढोरपाटन पुग्ने पर्यटकको संख्या न्यून थियो। तर अहिले तीव्र प्रचारप्रसारका कारण बर्खाको समयमा हजारौँको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्। ढोरपाटन उपत्यकासँगै बुकीपाटन र जलजला जानेको संख्या पनि उस्तै छ। होटल व्यवसायी धीरेन्द्र घर्तीमगरले खान र बस्नका लागि राम्रो सुविधा हुन थालेपछि जाडो याममा पर्यटक आउन थालेको बताए। टाढादेखि आउने पर्यटकले अग्रिम कोठा बुकिङ गर्ने गरेको उनको भनाइ छ।
नवलपुरदेखि घुम्न आएका आशिष पुरीले ढोरपाटनमा बढी चिसो भए पनि यहाँको सुन्दरताले लोभ्याएको बताए। जाडो बिदामा नौ जनाको समूह घुम्न आएको उनको भनाइ छ। सामाजिक सञ्जाल र सञ्चारमाध्यममा ढोरपाटनको मनमोहक तस्वीर तथा भिडियो देखेकाले घुम्न आएको उनले सुनाए। यो सिजनमा ढोरपाटन आउँदा न्यानो भएर आउन उनले सुझाए।
जाडोका कारण स्थानीय बोबाङ, अधिकारीचौर र निसीखोला झरेका छन्। उनीहरू अब चैत लागेपछि मात्र ढोरपाटन उक्लिने गर्छन्। पोहोर सालसम्म पर्यटकको आगमन कम हुँदा व्यवसायी फुर्सदिला हुन्थे। तर अहिले त्यस्तो अवस्था छैन। पाँच वर्ष अगाडिसम्म ढोरपाटनमा होटल व्यवसाय गर्ने स्थानीय कम थिए। तर अहिले ढोरपाटन उपत्यकामा मात्र करिब ४० हाराहारी होटल सञ्चालनमा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
