AnonymousUser

Logout

मिर्गौला बेचबिखनमा संलग्न रहेको आरोपमा ४ जना पक्राउ, अन्य पीडित पनि प्रहरीको सम्पर्कमा

नेपाली नागरिकलाई भारतका विभिन्न शहरमा पुर्‍याएर मिर्गौला झिकी बेचबिखन गरेको आरोपमा प्रहरीले काठमाडौँ र काभ्रेबाट २-२ जनालाई पक्राउ गरेको छ।

लमजुङमा पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध

लोकमार्गअन्तर्गत बिमिरे भञ्ज्याङमा पहिरो खस्ने क्रम नरोकिएकाले तत्कालै पहिरो हटाउन सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ।

फलोअप

सहकारीको पैसा तिर्न देवीप्रकाश भट्टचन समूहलाई प्रभु मेनेजमेन्टको सार्वजनिक ताकेता

प्रभु मनी ट्रान्सफरको एजेन्ट बन्न सहकारीबाट उठाएको पैसा व्यवसायमा लगाएका देवीप्रकाश भट्टचन र उनको समूहलाई रकम फिर्ता गर्न ताकेता गर्दै प्रभु मेनेजमेन्टले कानूनी प्रक्रियामा जाने चेतावनी दिएको छ।

खुर्सानीले रंगीचंगी खोकना [तस्वीरहरू]

खोकनाको भित्री बस्तीका अधिकांश घरमा अहिले रातो खुर्सानीका माला सजिएका देखिन्छन्।

सिन्धुलीका खिलबहादुरलाई भारत पुर्‍याएर मिर्गौला झिकेको आरोपमा एक जना पक्राउ

मानव बेचबिखन अनुसन्धान ब्युराेकाे टोलीले बुधबार राति काठमाडौँबाट एक जना आरोपितलाई पक्राउ गरेको छ।

कर्णाली विकास बैंक घोटाला प्रकरण: संस्थापक अध्यक्षसहित ३ जना थुनामा

अदालतले बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपति दयाल मिश्र र वित्त विभाग प्रमुख वेदप्रकाश सिंह ठकुरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

प्रयोग हुन छाडेपछि खेर जाँदै भेडाको ऊन

परम्परागत राडी, पाखी, काम्लो, हरदुब्लोको प्रयोग घट्न थालेको छ। बजारमा बिक्री नहुँदा भेडाको ऊन जंगलमै फाल्नुपरेको किसानको गुनासो छ।

मध्यपूर्वको द्वन्द्वमा ‘डिस्पेन्सेसनालिजम’

अमेरिकी राजनीतिमा इजरायललाई किन सधैँ प्राथमिकता दिइन्छ? अमेरिकी इसाई समाजमा यहुदीप्रति किन यति गहिरो मोह देखिन्छ? किन इरानप्रति अमेरिकी इसाई समाज सधैँ अनुदार हुन्छ?

देशभर जलवाष्पयुक्त हावाको प्रभाव कमजोर

दिउँसो कोशी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप, ४ राउन्ड हवाई फायर

भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको छ।

सप्तरी गोलीकाण्ड : चारबुँदे मागसहित ज्ञापनपत्र बुझाइयो

सप्तरीको राजगढमा प्रहरीको गोली लागेर स्थानीय लालु यादवको मृत्यु भएपछि गाउँपालिकास्तरीय संघर्ष समिति गठन भएको छ।

बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापा दोषी ठहर

झन्डै साढे ३ करोड रुपैयाँ बराबरको सम्पत्ति गैरकानूनी रूपमा आर्जन गरेको पुष्टि भएको भन्दै १ वर्ष कैद सजाय र त्यति नै बिगो बराबरको जरिबाना हुने फैसला गरेको छ। अर्को मुद्दामा सजाय निर्धारण भएको छैन।

चितवनमा भेटियो दुर्लभ पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लु’

यो प्रजातिको पहिलो अभिलेख सन् १९७४ मा मकवानपुरमा पुतली बाजे भनेर चिनिएका कोलिन स्मिथले गरेका थिए। अहिले फेरि ५१ वर्षपछि देखिएको हो।

संसद् चलेकै छ, विधेयक अड्किएका अड्कियै

प्रतिनिधिसभाको पाँच वर्षको अवधि आधा बितिसक्दा बजेट सम्बन्धीबाहेक मात्र २४ वटा कानून बनेका छन्। जबकि, संविधान जारी हुँदा तीन वर्षभित्र बनाइसक्ने भनिएका कतिपय कानून लामो समयदेखि संसद्‍मै अल्झिएका छन्।

देशभर ४१ स्थानमा मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना

मनसुन शुरू भएदेखि सशस्त्र प्रहरी बल नेपालले काठमाडौँ उपत्यकासहित देशभर ४१ वटा स्थानमा मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना गरेको छ।

हनुमानढोकाको प्रहरी कार्यालय भत्काइने, के भन्छन् सम्पदा अभियन्ता?

भूकम्पले क्षतिग्रस्त भएको प्रहरी कार्यालयलाई हटाउन सम्पदा अभियन्ता र पुरातत्व विभागले दबाब दिए पनि नेपाल प्रहरीले निर्णय गर्न सकेको थिएन। काठमाडौँ महानगरसँगको सहकार्यमा अब सो भवन भत्काइने भएको छ।

एमएमए फाइटर रविन्द्र ढाँटलाई राष्ट्रपतिले गरे सम्मान

भारतमा भएको म्याट्रिक्स फाइट नाइट टाइटल विजेता रविन्द्र ढाँटको सम्मानमा राष्ट्रपति भवन शीतल निवासमा बुधबार स्वागत कार्यक्रम आयोजना गरिएको थियो।

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकम पनि खुम्चियो

अघिल्लो कारोबार दिन ४१ अंकको गिरावट देखिएको बजारमा आज भने १.९४ अंकले घटेर २,८३२.०६ को विन्दुमा पुगेको छ।

उत्तरकाशीमा बादल फाट्दा १०० भन्दा धेरै मानिस हताहत भएको आशंका: एनडीआरएफ

बादल फाटेर खीरगंगा नदीमा आएको बाढी धराली गाउँमा पसेको थियो। यसले गर्दा उक्त क्षेत्रका सडक, भवन र पसल हिलोले पुरिएका छन्।

सिरहामा पेस्तोलसहित ३ भारतीय नागरिक पक्राउ

चोहर्वा–सिरहा सडकखण्डमा प्रहरीको नियमित जाँचका क्रममा नलकटुवा पेस्तोलसहित तीन जना भारतीय नागरिक पक्राउ परेका हुन्।