AnonymousUser

Logout

अस्ट्रेलियामा सामाजिक सञ्जाल प्रतिबन्धपछि ४७ लाख बालबालिकाका खाता बन्द

अस्ट्रेलियाली कानूनअनुसार सामाजिक सञ्जाल प्लेटफर्महरूले १६ वर्षमुनिका बालबालिकाका खाता हटाउन पर्याप्त कदम नचालेमा ४ करोड ९५ लाख अस्ट्रेलियन डलरसम्म जरिबाना हुन सक्छ।

बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ

सिन्धुलीको घ्याङलेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकको शाखा लुटपाटमा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ।

‘सरकारले ५ महिनादेखि शहीद परिवारलाई यताउता कुदाइरहेको छ’

जेनजी आन्दोलनका शहीद परिवारलाई माग पूरा गर्नुको सट्टा सरकारले पाँच महिनादेखि यताउता कुदाइरहेको भन्दै पीडितहरूले प्रधानमन्त्री कार्यालयअगाडि धर्ना दिएका छन्।

साप्ताहिक ब्रिफिङः चिनियाँ लामा नागरिकतामै बने ‘औतारी गुरु’, कांग्रेसमा अब को आधिकारिक?

यो साता उकालोमा, ‘प्रवासी र बेजिल्ला मताधिकारः प्रधानमन्त्री कार्यालयमा थन्कियो अध्यादेशको मस्यौदा’, ‘अन्ततः सग्लो रहेन नेपाली कांग्रेस’, ‘मधेशमा बालेन ‘क्रेज’: अब की बार, बालेन सरकार’ लगायतका खबरले हेडलाइन बनाए।

सम्झनामा ट्रलीबसः अझै छ सञ्चालनको सम्भावना?

५० वर्षअघि सञ्चालनमा आएको ट्रलीबस ३५ वर्षसम्म सेवा दिएर बन्द भयो। अबको पुस्ताले जीर्ण भएर राखिएका ट्रलीबस र ठाउँठाउँ रहेका अवशेष मात्र देख्न सक्छन्। के अझै सञ्चालनको सम्भावना छ?

‘इरान हिंसा रोक्न अन्तर्राष्ट्रिय समुदायको साझा प्रयास आवश्यक’

क्षेत्रीय मुलुकले सम्भावित सैन्य कदमले मध्यपूर्व क्षेत्रको स्थायित्व र विश्व अर्थतन्त्रमा प्रभाव पार्न सक्ने भन्दै संयमता अपनाउन आग्रह गरेका छन्।

कांग्रेस विवाद: देउवा पक्ष पनि निर्वाचन आयोगमा

विशेष महाधिवेशनबाट गगन थापा पार्टी सभापति चुनिएपछि उत्पन्न विवादमा आयोगले छानबिन गरिरहेका बेला देउवा पक्षका नेता आयोगमा पुगेका हुन्।

मदन पुरस्कार पुस्तकालयमा ५० हजार पुस्तक दर्ता

२०१२ सालमा स्थापित पुस्तकालयमा पुस्तक, पत्रिका, हस्तलिखित सामग्री, पाण्डुलिपि, अभिलेख सहितको संग्रह रहेकोमा यसमध्ये ५० हजार कृति भने अनलाइन दर्तामा उपलब्ध भएको जनाइएको छ।

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

यस वर्ष १०० रोपनी खेतमा १५० मुरी धान फलाउने लक्ष्य रहे पनि मौसम अनुकूल नहुँदा कम भएको ध्रुव बताउँछन्। घरमा आवश्यक पर्ने २५ मुरी राखेर ९५ मुरी बिक्री गर्ने उनको योजना छ।

चिसोमा पनि ढोरपाटनमा पर्यटकको चहलपहल

अघिल्लो वर्षसम्म करिब चार महिना होटल बन्द हुने गरे पनि यसपालि एक दिन पनि खाली बस्न नपरेको ढोरपाटन उपत्यका होटल व्यवसायी संघका अध्यक्ष जीवन अदै बताउँछन्।

कांग्रेसमा दाइ प्रथाविरुद्ध विद्रोह

देउवा हुन् या ‘सातभाइ’ वा शेखर हुन् या अन्य कोही, कांग्रेसका दाइहरूको मजबुन एउटै हो, ‘अझै नेतृत्वमा हाम्रो रोलक्रम आएको छैन, गगन अहिल्यै कसरी सभापति बन्न सक्छ?’

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

निगम सञ्चालक समितिले पेट्रोलको मूल्य प्रतिलिटर ३ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १–१ रुपैयाँ घटाएको छ।

यस्तो रहनेछ शुक्रबारको मौसम

तराईका अधिकांश स्थानमा हुस्सु लाग्नेछ। कोशी र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक रूपमा बदली हुने विभागले जनाएको छ।

३३ किलो सुन काण्ड: सनम शाक्यको हत्या आरोपी गौतम पक्राउ

नेपाल प्रहरीले ३३ किलो सुन काण्डमा संलग्न भनिएका सनम शाक्यको हत्या आरोपी थप एक जनालाई पक्राउ गरेको छ।

धादिङमा जुधाइयो एक सय हल गोरु

प्रतियोगितामा जुधेका गोरुमध्ये जसको गोरु पहिला भाग्छ, उसैको गोरुले हारेको र अर्को पक्षकाले जितेको ठहरिन्छ।

ट्रक दुर्घटना हुँदा ५ जनाको मृत्यु, ३ घाइते

विराटनगरबाट मार्बल बोकेर राजविराज जाँदै गरेको को १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

साफ फुटसलमा नेपालले माल्दिभ्सलाई ५–० गोलले हरायो

जारी साफ महिला फुटसल च्याम्पियनसिप प्रतियोगिताको पहिलो खेलमा नेपालले श्रीलंकासँग २–२ गोलको बराबरी खेलेको थियो।

मधेशमा बालेन ‘क्रेज’: अब की बार, बालेन सरकार

मधेशका कतिपय जिल्लामा बालेनलाई ‘भावी प्रधानमन्त्री’का रूपमा भित्तामा ब्यानर राख्न थालिएको छ। यस्तो क्रेज देखिनुको मुख्य कारण पहिलोपटक मधेशी मूलका प्रधानमन्त्री देख्ने चाहना भएको स्थानीय बताउँछन्।

बाघको आक्रमणबाट १ सातामा ३ जनाको मृत्यु

बाघले मानिस तथा घरपालुवा पशुमाथि आक्रमण गर्ने तथा आतंक फैलाउन थालेपछि डिभिजन वन कार्यालयले त्यसलाई मार्न वा नियन्त्रणमा लिन आदेश जारी गरेको छ।

जासुसी आरोपमा रुसबाट बेलायती कूटनीतिज्ञ निष्कासित

यस कदमले रुस र बेलायतबीच पहिल्यै तनावग्रस्त सम्बन्धलाई थप चिस्याएको छ।