निर्वाचन आयोगको निर्णयलाई असंवैधानिक र पूर्वाग्रहपूर्ण ठहर गर्दै कांग्रेस शेरबहादुर देउवा पक्षले त्यसविरुद्ध सर्वोच्च अदालत जाने र कानूनी प्रक्रियाका लागि पूर्णबहादुर खड्कालाई अख्तियारी दिने निर्णय गरेको छ।
काठमाडौँ– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले निर्वाचन आयोग शुक्रबारको निर्णय असंवैधानिक र पूर्वाग्रहपूर्ण रहेको निष्कर्ष निकाल्दै त्यसविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्ने भएको छ।
शनिबार पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको केन्द्रीय कार्यसमिति बैठकले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने निर्णय गरेको हो।
निर्वाचन आयोगले शुक्रबार मात्रै कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिँदै गगन थापा नेतृत्वको नयाँ कार्यसमितिको विवरण अद्यावधिक गर्ने निर्णय गरेको थियो। देउवा पक्षले भने आयोगको उक्त कदमप्रति असन्तुष्टि व्यक्त गरेको छ।
बैठकले आयोगको माघ २ गतेको निर्णय नेपालको संविधान, प्रचलित कानून र नेपाली कांग्रेसको विधानविपरीत रहेको ठहर गरेको छ। आयोगले विगतका नजिर र पार्टीले बुझाएका आधिकारिक प्रमाणलाई नियतवश बेवास्ता गरेको कांग्रेसको आरोप छ।
“उपस्थित संख्यासमेत नहेरी एकलौटी रूपले गरिएको निर्णय दुषित मनसायले प्रेरित रहेको यो बैठक ठहर गर्दछ। यो निर्णय मुलुकमा लोकतान्त्रिक व्यवस्थालाई दुर्घटनामा पार्ने षड्यन्त्रको एक अंश हो” मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “निर्वाचन आयोगको दुरासयपूर्ण निर्णयको कडा विरोध गर्दै यो बैठक उक्त निर्णयविरुद्ध संवैधानिक एवं कानुनी उपचार तथा राजनीतिक प्रतिवाद गर्ने निर्णय गर्दछ।”
यस्तै, बैठकले आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा मामिला तथा अन्य आवश्यक कानूनी प्रक्रिया अघि बढाउन कार्यवाहक सभापति खड्कालाई पूर्ण अख्तियारी प्रदान गरेको छ। विज्ञप्तिमा आयोगको ‘दुरासयपूर्ण’ निर्णयको प्रतिवाद राजनीतिक रूपमा समेत गरिने उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
