त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो।
काठमाडौँ– आईसीसी महिला टी२० विश्वकप ग्लोबल छनोटको उद्घाटन खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो। थाइल्यान्डका लागि नथाकन चन्थमले अविजित ५७ रनको योगदान दिइन्। उनले २९ बलमा ९ चौका र १ छक्का प्रहार गरिन्।
नानपत कोन्चारोन्काईले ३२ र अफिसरा सुवानचोनराथीले २८ रन बनाइन्। नेपालकी सीता रानामगरले २ विकेट लिइन्।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रन बनाएको थियो। नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन्। उनले ५६ बलमा ६ चौका प्रहार गर्दै ४४ रन बनाएकी हुन्। त्यस्तै सम्झना खड्काले ११ बलमा २६ रन बनाइन्।
रुबिना क्षेत्रीले १० बलमा १७ तथा पूजा महतोले १२ रन बनाइन्। त्यसबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
थाइल्यान्डका लागि थिपात्चा पुथावङले सर्वाधिक ३ विकेट लिइन्। ओन्निता कामचोम्पुले २ तथा चुनिँदा सुथ्थरुवाङ सुलीपोर्न लाओमी र सुनीदा चातुरोग्रातानाले समान १–१ विकेट लिए। नेपाल आफ्नो दोस्रो खेल माघ ८ गते नेदरल्यान्ड्ससँग खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
