विश्वकप ग्लोबल छनोट: थाइल्यान्डसँग भिड्दै नेपाल

नेपाली टोलीकी कप्तान इन्दु बर्माले सुधारिएको ब्याटिङ, फिल्डिङ र घरेलु मैदानको अनुकूलता प्रयोग गर्दै कम्तीमा सुपर सिक्स भित्रपर्ने गरी खेल्ने बताइन्।

काठमाडौँ– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट आजदेखि काठमाडौँमा हुँदै छ। त्रिवि मैदानमा हुने पहिलो खेलमा घरेलु टोली नेपालले थाइल्यान्डसँग खेल्दै छ। खेल बिहान ९ बजे शुरू हुनेछ।

नेपाल पहिलो खेलमै थाइल्यान्डलाई हराएर प्रतियोगितामा बलियो शुरूआत गर्ने सोचमा हुनेछ। नेपालले हालसम्म थाइल्यान्डलाई हराउन सकेको छैन।

नेपाली टोलीकी कप्तान इन्दु बर्माले सुधारिएको ब्याटिङ, फिल्डिङ र घरेलु मैदानको अनुकूलता प्रयोग गर्दै यसपटक कम्तीमा सुपर सिक्स भित्रपर्ने गरी खेल्ने बताइन्। 

प्रतियोगितामा नेपालसहित स्कटल्यान्ड, अमेरिका, जिम्बाबे, नामेबिया, थाइल्यान्ड, बांग्लादेश, आयरल्यान्ड, पपुवान्युगिनी, नेदरल्यान्ड्स गरी १० देश सहभागी छन्। यीमध्ये नेपालले नेदरल्यान्ड, थाइल्यान्ड र अमेरिकी टोलीसँग अभ्यास खेलसमेत खेलेको छ।