सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा जाडोबाट बच्न कोठाभित्र कोइला बालेर सुत्ने क्रममा निसास्सिएर एक जना मृत्यु भएको छ भने जना बेहोस अवस्थामा फेला परेका छन्।
वीरेन्द्रनगर– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठाभित्र कोइला बालेर सुत्ने क्रममा निसास्सिएर एक शिशुको मृत्यु भएको छ। घटनामा अन्य दुई जना बेहोस अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकृत प्रहरी निरीक्षक श्यामप्रकाश यादवका अनुसार निसास्सिएर भेरीगंगा नगरपालिका–२ घर भई हाल वीरेन्द्रनगर–१२ स्थित मानबहादुर चन्दको घरमा डेरा गरी बस्ने ३२ वर्षीया तारा बुढाकी छोरी बिहीबार बिहान मृत्यु भएको हो।
प्रहरीका अनुसार जाडोबाट बच्न कोठामा कोइला बालेर सुतेको अवस्थामा अक्सिजनको कमी भई निसास्सिएर शिशुको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।
घटनामा ३२ वर्षीया तारा बुढा र उनकी भदैनी १३ वर्षीया संगम बुढा बेहोस अवस्थामा भेटिएका थिए। उनीहरूको उद्धार गरी हाल कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक यादवले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
