इस्वी संवत्‌को नयाँ वर्ष २०२६ शुरू

पछिल्लो समय नेपालमा पनि अंग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दै गएको छ।

इस्वी संवत्‌को नयाँ वर्ष २०२६ शुरू
एएफपी
अस्ट्रेलियामा नयाँ वर्ष सन् २०२६ को स्वागत गरिँदै।

काठमाडौँ– ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्‌को नयाँ वर्ष सन् २०२६ शुरू भएको छ। 

येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरू गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो। यो पात्रो अनुसारको चाडपर्व मान्नेले एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन्। 

पछिल्लो समय नेपालमा पनि अंग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दै गएको छ। काठमाडौँको ठमेल, बौद्ध तथा उपत्यका बाहिरका पोखरा, सौराहालगायत स्थानमा विभिन्न कार्यक्रम आयोजना गरी नयाँ वर्षको स्वागत भइरहेको छ। ती स्थानमा आन्तरिक र विदेशी पर्यटकको चहलपहल छ।

विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँका ठमेल, बौद्ध, न्युरोड लगायत स्थानमा बेलुकी नै ‘न्यू इयर इभ’का रूपमा विशेष चहलपहल शुरू भएको थियो।