बाक्लो कुहिरोका कारण दुर्घटनाको जोखिम उच्च भएपछि ट्राफिक प्रहरीले चालकहरूलाई विशेष सावधानी अपनाउन र सुरक्षाका मापदण्ड पालना गर्न अनुरोध गरेको छ।
रौतहट– रौतहटको चन्द्रनिगाहपुर खण्डस्थित पूर्व–पश्चिम राजमार्गसहित जिल्लाका अधिकांश भू–भागमा शुक्रबार बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बनेको छ।
हुस्सुले गर्दा सडकको दृश्यता (भिजिबिलिटी) निकै कम भएपछि राजमार्गमा गुड्ने सवारीसाधनहरू दिउँसै हेडलाइट र फग लाइट बालेर अत्यन्तै सुस्त गतिमा गुड्न बाध्य भएका छन्।
बाक्लो कुहिरोका कारण दुर्घटनाको जोखिम उच्च भएपछि ट्राफिक प्रहरीले चालकहरूलाई विशेष सावधानी अपनाउन र सुरक्षाका मापदण्ड पालना गर्न अनुरोध गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका ट्राफिक प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले हुस्सुको समयमा अगाडिको सडक प्रष्ट नदेखिने भएकाले सवारी साधनको गति नियन्त्रण गर्न आग्रह गरे।
उनले यस्तो अवस्थामा सवारीसाधनहरू बीचको दूरी कायम राख्न, रिफ्लेक्टिभ स्टिकरको प्रयोग गर्न तथा इन्डिकेटर र साइड लाइटको अनिवार्य प्रयोग गर्न सुझाव दिए।
विशेषगरी जाडोयाममा बिहान र साँझको समयमा यात्रा गर्दा सुरक्षात्मक उपायहरू अपनाउनु अनिवार्य रहेको ट्राफिक प्रहरीको भनाइ छ।
जिल्लाको चन्द्रनिगाहपुर मात्र नभई अन्य ग्रामीण तथा सहरी क्षेत्रमा पनि शीतलहर र हुस्सुको प्रभाव बढ्दै गएको छ। अत्यधिक चिसोका कारण बजार, शैक्षिक संस्था र सरकारी कार्यालयको कामकाजसमेत प्रभावित भएको छ।
चिसोबाट बच्न सर्वसाधारणहरू चोक–चोकमा आगो तापेर बसेका देखिन्छन्। मौसममा आएको यो अचानकको परिवर्तनले विशेषगरी वृद्धवृद्धा, बालबालिका र दैनिक ज्यालादारी गर्ने मजदुरहरूलाई प्रत्यक्ष मारमा पारेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
