बीपी राजमार्ग: खोलाबाटै यात्रा [तस्वीरहरू]

बाढीले डेढ वर्षअघि बगाएको सडक पुनर्निर्माण हुन सकेको छैन। कतिपय स्थानमा खोलाबाटै यात्रा गर्नुपर्ने अवस्था छ।

बीपी राजमार्ग: खोलाबाटै यात्रा [तस्वीरहरू]
तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्गको कटुञ्जेबेशी, मंगलटार, नेपालथोक सडकखण्ड डाइभर्सन बनाएर सञ्चालन भइरहेको छ। यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

बाढीले सडक बगाएपछि खोलामै अस्थायी सडक बनाइएको छ। कतिपय स्थानमा अस्थायी डाइभर्सन बनाइएको छ। खोलाबाट यात्रा गर्दा जोखिम त छ नै क्षतिग्रस्त खण्ड पार गर्न लाग्ने समय पनि बढेको छ।

null

अझ धूलो नियन्त्रण गर्न पानी हाल्दा सडकमा सवारी चिप्लिने र दुर्घटना हुने सम्भावना पनि बढेको छ। यो राजमार्ग पुनर्निर्माणका लागि ९ अर्ब ६६ करोड रुपैयाँ लाग्ने भएको छ।

डिभिजन सडक कार्यालय भक्तपुरले भकुण्डेबाट नेपालथोकसम्म विभिन्न खण्डमा पुनर्निर्माण गर्न सो रकम खर्च हुने अनुमान गरेको हो। तर अझै स्रोत सुनिश्चित भएको छैन। 

काभ्रेपलान्चोकको चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुंगासम्म १२ किमीमध्ये ८ किमी सडक पूर्ण रूपमा क्षति भएको थियो।

nullnullnullnullnullnull