प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबारको मतदानमा राष्ट्रपति र उपराष्ट्रपति सहभागी भएनन्।
काठमाडौँ— प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबारको मतदानमा राष्ट्रपति र उपराष्ट्रपति सहभागी भएनन्। संविधानको संरक्षकका रूपमा तटस्थता कायम गर्दै उनीहरूले मतदान नगरेको बताइएको छ।
राष्ट्रपति रामचन्द्र पौडेल संविधानको संरक्षक र राष्ट्रकै अभिभावक भएकाले मतदानमा सहभागी नहुने निर्णय गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। राष्ट्रपति पौडेलले यसअघि आफ्नो गृह जिल्ला तनहुँ, व्यास नगरपालिकास्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्दै आएका थिए।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले भने संवैधानिक तटस्थताका कारण मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरे। उनका प्रेस सल्लाहकार दिनेश यादवले यसबारे जानकारी दिएका हुन्। उनले यसअघिका निर्वाचनमा बाराको बसबरीयास्थित मतदान केन्द्रबाट मतदान गर्दै आएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
