प्रतिनिधिसभा निर्वाचनका दिन काठमाडौँ उपत्यकामा पास नलिई सञ्चालन गरिएका ९०० वटा सवारीसाधनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।
काठमाडौँ— प्रतिनिधिसभा निर्वाचनका दिन काठमाडौँ उपत्यकामा अनुमति (पास) नलिई सञ्चालन गरिएका ९०० वटा सवारीसाधनलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। निर्वाचन आयोगको मापदण्ड विपरीत र अनुमति नलिई चलाइएका ती सवारीसाधनलाई उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हो।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले नेपाल न्यूज बैंकसँग कुरा गर्दै पासबिना सञ्चालनमा रहेका सवारीसाधनलाई नियन्त्रणमा लिएको जानकारी दिए। उनका अनुसार नियन्त्रणमा लिइएका अधिकांश सवारीसाधनहरू 'कोर' (मुख्य) शहरी क्षेत्रमा सञ्चालन भइरहेका थिए।
निर्वाचनको दिन अत्यावश्यक सेवाबाहेक अन्य निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। सो नियम उल्लंकन गर्दै चलाइएका मोटरसाइकल, स्कुटर तथा अन्य सवारीसाधनलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका सवारीसाधनलाई निर्वाचन सम्पन्न भएपछि मात्रै छाडिने ट्राफिक प्रहरीको तयारी छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
