उदयपुरस्थित मदन भण्डारी लोकमार्गमा बिहीबार भएको मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
उदयपुर— उदयपुरको चौदण्डीगढी नगरपालिका–९ भिमाहास्थित मदन भण्डारी लोकमार्ग खण्डमा बिहीबार दिउँसो मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार चौदण्डीगढी नगरपालिका–९ हँडियाबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०५–००२ क १८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकलमा सवार सोही नगरपालिका–५ का १८ वर्षीय समीर चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी सोही स्थानका १८ वर्षीय मौसम चौधरी र २३ वर्षीय अशोक चौधरी घाइते भएका छन्। घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
