स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आएका बीमितलाई अस्पतालबाहिर औषधि खरिद नगराउन स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।
कञ्चनपुरको महेन्द्रनगर–दैजी सडकखण्डमा जिप र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
रूपन्देहीको मर्चवार क्षेत्रका बासिन्दा वर्षौंदेखि दानव नदीमा पक्की पुल नहुँदा बाँसको अस्थायी पुल र डुंगाको सहारामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
बिहीबारदेखि वायुमण्डलमा मौसमी गतिविधि बढ्दै जाने देखिएको तथा देशका केही ठाउँमा क्षणिक वर्षाको सम्भावना पनि देखिएको महाशाखाले जनाएको छ।
काठमाडौँलगायत प्रमुख शहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेको उल्लेख गर्दै प्रहरी प्रधान कार्यालयले आवश्यक सावधानी अपनाउन सार्वजनिक अनुरोध गरेको छ।
पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइन फ्लुको संक्रमण बढेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ।
समानुपातिकतर्फ रास्वपाले ५१ लाख मत कटाउँदा नेपाली कांग्रेसले १७ लाख र एमालेले १४ लाख मत प्राप्त गरेका छन्।
कर्णालीमा प्रत्यक्षतर्फ एक सिट मात्र जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एक लाख ३३ हजार ७४९ मतसहित दोस्रो स्थानमा छ।
मंगलबार अपराह्न ४ः०० बजेसम्म काठमाडौँ उपत्यकाको वायु गुणस्तर सूचकाङ्क १७४ पुगेको छ। यससँगै काठमाडौँ विश्वकै दोस्रो प्रदूषित शहरका रूपमा सूचीकृत भएको छ।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी पदोन्नति लिएको आरोपमा सुनसरी प्रहरीका असईविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ।
केही दिनयता देशका विभिन्न भागमा देखिएको तुवाँलो मंगलबारदेखि क्रमिक रूपमा हट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
रुकुम पश्चिमस्थित सानीभेरी नदी किनारमा दुई किशोरीको शव फेला परेको छ भने एक जना अझै बेपत्ता छन्। छिमेकीको विवाहमा गएका उनीहरू घर फर्किने क्रममा नदीले बगाएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
देशभर वायु प्रदूषणको स्तर बढ्दै गएपछि वातावरण विभागले आम नागरिकलाई मास्क प्रयोग गर्न र सावधानी अपनाउन विशेष आग्रह गरेको छ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको पूर्वानुमान महाशाखाले जनाएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्राप्त गरेको सफलताका लागि पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई टेलिफोन गरी बधाई दिएका छन्।
काठमाडौँ उपत्यकासहित देशभर वायु प्रदूषणको मात्रा बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरबाहिर निस्कँदा सावधानी अपनाउन र अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरेको छ।
निर्वाचन आयोगले प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गरी लागू गरेको निर्वाचन आचारसंहिता सोमबार राति १२ बजेदेखि निष्प्रभावी हुने निर्णय गरेको छ।
बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँमा आठ हजार १९७ मत बदर भएको छ भने देशभर बदर मतको दर तीनदेखि चार प्रतिशत रहने निर्वाचन आयोगको अनुमान छ।