AnonymousUser

Logout

कालीगण्डकी करिडोरः  २३४ किमी कालोपत्र, ३६ वटा पुल निर्माण

आयोजना शुरू भएको १६ वर्षमा बाटो खोल्न, स्तरोन्नति, चौडा पार्न, कालोपत्र गर्न र पुल निर्माणका लागि १४ अर्ब ७ करोड रुपैयाँ खर्च भएको छ।

रुकुमपूर्व र बागलुङको सिमानामा भूकम्पको धक्का

रुकुमपूर्व र बागलुङ जिल्लाको सिमानामा पर्ने पातिहाल्ने भञ्ज्याङ आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको छ।

धन्न जोगिए पेट्रोल पम्प, बल्लबल्ल जोगियो काठमाडौँ

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले काठमाडौँका केही ठाउँमा पेट्रोल पम्पमै आगो लगाउन खोजे, कतै आगो लगाइएका ठाउँछेउमै पेट्रोल पम्प थिए। स्थानीयबासी अगाडि नसरेका भए ती पम्पसँगै शहर खरानी बन्न सक्थ्यो।

कर्णाली राजमार्गको कालिकोटखण्ड पहिरोले अवरुद्ध

राजमार्ग अवरुद्ध भएपछि सुर्खेत जाने गाडी हुल्ममा र सुर्खेतबाट आएका गाडी मालाचौरमा रोकिएका छन्।

नक्कली शरणार्थी प्रकरण

पूर्वउपप्रधानमन्त्री रायमाझी, गृहसचिव पाण्डेसहितका थुनुवा गोलघरबाट ‘फरार’

नक्कली भुटानी शरणार्थी प्रकरणमा जगन्नाथदेवलस्थित केन्द्रीय कारागारमा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहितका थुनुवा गत साताको ‘जेनजी’ आन्दोलनका क्रममा बाहिरिएपछि अझै कारागार फर्किएका छैनन्।

अविरल वर्षाले भासियो तनहुँको लामागाउँ–दुलेगौडा सडक

शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडादेखि शुक्लागण्डकी नगरपालिका–१२ लामागाउँ जोड्ने दुलेगौडा–लामागाउँ सडकअन्तर्गत स्वास्थ्यचौकी नजिक सडक भासिँदा आवजजावतमा समस्या भएको छ।

कर्मचारीको बैठक भत्ता कटौती, गोष्ठी–सेमिनार सरकारी भवनमै

सचिवहरूको बैठकले खर्चमा मितव्ययिता ल्याउन सरकारी कर्मचारीले बैठक भत्ता नलिने, राष्ट्रियस्तरका सबै गोष्ठी, सेमिनार र कार्यशालाजस्ता कार्यक्रम सरकारी भवन वा हलमा मात्रै आयोजना गर्ने निर्णय गरेको छ।

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेका छन्।

सडकको अवस्था हेरेर मात्रै दशैँको अग्रिम ‘बुकिङ’ खुलाइने

यातायात व्यवसायी राष्ट्रिय महासंघले सडक पूर्ण रूपमा सञ्चालनमा नआएकाले उपत्यका बाहिरबाट गाडी आउन समय लाग्ने हुँदा अग्रिम टिकट बुकिङ खुलाउन समस्या भएको जनाएको छ।

यस वर्षको दशैँको टीकाको उत्तम साइत ११:५३ मा

नेपाल पञ्चांग निर्णायक विकास समितिले यस वर्षको दशैँको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे रहेको जनाएको छ।

‘जेनजी’ प्रदर्शनका मृतकको शव सेनाको हेलिकप्टरबाट गृहजिल्लामा पुर्‍याइयो

जेनजी प्रदर्शनका क्रममा मृत्यु भएका ६ जनाको शव अन्तिम संस्कारका लागि नेपाली सेनाको हवाई साधनमार्फत सम्बन्धित जिल्लामा पुर्‍याइएको छ।

मन्त्रीको कार्यकक्ष विद्युत् प्राधिकरणलाई हस्तान्तरण

नेपाल विद्युत् प्राधिकरणको प्रधान कार्यालयमा मन्त्रीका लागि बनाइएको कार्यकक्ष आवश्यकता नभएको भन्दै प्राधिकरणलाई नै प्रयोग गर्न दिइएको हो।

जेनजी आन्दोलनका मृतकको राष्ट्रिय सम्मानसाथ अन्त्येष्टि (तस्वीरहरू)

‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसाथ अन्त्येष्टि गरिएको छ।

अपुष्ट खबर बन्यो हिल्टन ध्वस्त हुने कारण, सञ्चालक भन्छन्– फेरि उठ्छौँ

हिल्टनमा आगजनी र लुटपाट गर्ने समूह साँझ ४ बजेसम्म सक्रिय थियो, ५ बजेतिर आगोको लप्काले पूरै लपेट्यो। भोलिपल्ट साँझसम्मै बलेको आगोले हिल्टन ध्वस्त भयो। आगजनीको कारण थियो– एउटा अपुष्ट समाचार।

निर्वाचनका लागि प्रारम्भिक तयारीमा आयोग

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणासँगै सरकारसँगको औपचारिक परामर्श र अन्य व्यवस्थापकीय तयारी तथा योजना तर्जुमा शुरू भएको बताए।

प्रहरी कार्यालय पुनर्निर्माणमा जुट्दै स्थानीय

‘जेनजी पुस्ता’को आन्दोलनका क्रममा तोडफोड भएका प्रहरीका भौतिक संरचना पुनर्निर्माणमा स्थानीय बासिन्दा जुट्न थालेका छन्।

दशैँसम्म मितेरी पुल निर्माण हुने

नेपाल र चीनलाई जोड्ने बेलिब्रिज निर्माणलाई चिनियाँ पक्षले प्राथमिकता दिई छिटोछरितो ढंगबाट काम गरिरहेकाले यही दशैँअघि नै पुल तयार हुने भएको छ।

‘जेनजी’ आन्दोलनका मृतकको सामूहिक शवयात्रा

भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको मंगलबार सामूहिक शवयात्रा निकालिएको छ।

गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी भागेपछि संरक्षणमा चुनौती

गैँडासँग सम्बन्धित कैदीबन्दी भागेपछि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षा संयन्त्रलाई चुस्त बनाएको छ।

छोराले बोलेका शब्दले आँट दियो, अवस्थाले पीर

जेनजी आन्दोलनमा दाहिने हातमा गोली लागेका अनुजले अस्पतालको शय्याबाट बोलेका शब्दले आमा सरस्वतीमा साहस थपिदियो तर छोराको अवस्थाले भने मन पिरोलिरहेको छ।