स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आएका बीमितलाई अस्पतालबाहिर औषधि खरिद नगराउन स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ।
काठमाडौँ– स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आएका बीमितहरूलाई अस्पताल बाहिर औषधि खरिद नगराउन सबै स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ।
बोर्डका सूचना अधिकारी विकेश मल्लले सबै अस्पताललाई परिपत्र जारी गर्दै बीमितलाई बाहिरका औषधि पसलबाट औषधि तथा औषधिजन्य सामग्री खरिद नगराउन निर्देशन दिएको जानकारी दिए। केही स्वास्थ्य संस्थाले प्याकेजमा गरिने उपचारमा समेत बिमितलाई औषधि बाहिर खरिद गर्न लगाएको पाइएकाले त्यसो नगर्न परिपत्र गरिएको उनले बताए।
“केही अस्पतालले बिमितको उपचारका क्रममा बाहिर औषधि खरिद गर्न लगाएको गुनासो आएको छ,” उनले भने, “त्यसैले हामीले बिमितलाई बाहिर पठाउने कार्य रोक्न अस्पतालहरूलाई निर्देशन दिएका हौँ।”
उनका अनुसार कतिपय अस्पतालले बिमा सेवाका विभिन्न प्याकेजभित्रै समावेश हुने औषधि र सामग्रीहरू समेत बाहिरका पसलबाट नगदमा खरिद गर्न लगाउने गरेका छन्। सूचना अधिकारी मल्लले यसरी बाहिर औषधि खरिद गर्न लगाउनु स्वास्थ्य बीमा ऐन २०७५, स्वास्थ्य बिमा नियमावली २०७५ तथा प्रचलित निर्देशिका र कार्यविधि विपरीत रहेको उल्लेख गरे। उनले यस्तो कार्य गर्ने अस्पताललाई स्वास्थ्य बीमा नियमावली २०७५ को नियम १८ को उपनियम (१) को खण्ड (क) बमोजिम कारबाही गरिने समेत स्पष्ट पारे।
स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पाँच जनासम्मको परिवारका लागि वार्षिक ३ हजार ५०० रुपैयाँ योगदान रकमका आधारमा एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ। यस्तै, थप प्रतिसदस्य ७०० रुपैयाँका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य २० हजार रुपैयाँ बराबरको सेवा सुविधा थपिने प्रावधान छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
