कञ्चनपुरको महेन्द्रनगर–दैजी सडकखण्डमा जिप र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
महेन्द्रनगर– पूर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा जिप र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
महेन्द्रनगरबाट अत्तरियातर्फ गइरहेको से १ ज १४०५ नम्बरको बोलेरो जिप र विपरीत दिशाबाट आइरहेको म २ प ३५०६ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले दुर्घटनामा परी गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको बताए।
“घटनाको विस्तृत विवरण आउन बाँकी छ,” प्रहरी निरीक्षक थापाले भने, “मोटरसाइकल चालक र पछाडि सवार व्यक्तिको मृत्यु भए पनि उनीहरूको पहिचान अझै खुल्न सकेको छैन।”
प्रहरीले जिप चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
