AnonymousUser

Logout

फलोअप

बालमन्दिर प्रकरणमा अघि बढ्यो सीआईबी अनुसन्धान, आयोगको प्रतिवेदन कार्यान्वयनमा लगिँदै

नेपाल बाल संगठनको जग्गालगायत सम्पत्ति हिनामिना र त्यहाँ आश्रित बालबालिकालाई धर्मपुत्र–पुत्रीका नाममा बेचबिखन गरिएको प्रकरणमा सीआईबीले अनुसन्धान अघि बढाएको छ।

संस्थापक शेयर ‘लक–इन’अगावै बिक्री, सिटी होटलबाट ठगिए सर्वसाधारण

पाँचतारे होटल ‘हायात सेन्ट्रिक’ सञ्चालन गरिरहेको सिटी होटल लिमिटेडले संस्थापक शेयरलाई ‘लक–इन’ अवधिअगावै साधारण शेयरमा बदलेर बिक्री गरेको खुलेको छ जसबाट सर्वसाधारण नराम्रोसँग ठगिएका छन्।

फलोअप

ल्हारक्याल लामाको निजी निवासले हडपेको २ रोपनी सार्वजनिक जग्गा: खाली गर्न नगरपालिकाकै अनिच्छा

काठमाडौँको बुढानीलकण्ठमा पूर्वअर्थराज्यमन्त्री ल्हारक्याल लामाले २ रोपनी १ आना सार्वजनिक जग्गा हडपेर निजी निवास बनाएको नगरपालिकाले नै स्वीकारेको छ। तर त्यो जग्गा खाली गर्न उसकै अनिच्छा देखिन्छ।

सम्पत्ति जाँचबुझ आयोगको क्षेत्राधिकार तय: को-को परे छानबिनको दायरामा?

रास्वपा नेतृत्वको सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले २०४८ सालयता सार्वजनिक पदमा पुगेका पूर्वप्रधानमन्त्री र बहालवाला न्यायाधीशदेखि सेनालगायत सुरक्षा निकायका उच्च अधिकारी लगायतको सम्पत्ति छानबिन गर्ने कार्यादेश पाएको छ।

प्रहरी प्रतिष्ठानको जग्गामा आँखाः ओलीको गल्ती, सच्याए बालेनले

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले करिब ८ वर्षअघि राष्ट्रपति कार्यालयलाई दिने निर्णय गरेको महाराजगञ्जस्थित प्रहरी प्रतिष्ठानको ११४ रोपनी जग्गा रास्वपा सरकारले प्रहरीमै फर्काउने निर्णय गरेको छ।

सशस्त्रमा रिक्त डीआईजी बढुवामा चार महिनादेखि आलटाल, तल्लो तहसम्मै ‘जाम’

सशस्त्र प्रहरी बलमा माथिल्लो तहमा रिक्त पदमा बढुवा गर्न आलटाल गरिँदा त्यसको असर तलसम्म परेको छ जसले संगठनलाई नै असमञ्जसमा पार्न थालेको छ।

रास्वपा सरकारको सम्पत्ति जाँचबुझ आयोग: सम्पत्ति छानबिन दायरामा को पर्छन्‌, को पर्दैनन्‌?

‘सुशासनका लागि’ सरकारले उच्चपदस्थ राजनीतिक नेतृत्वदेखि कर्मचारीले कमाएको सम्पत्ति छानबिन गर्न बनाएको आयोगले क–कसलाई छानबिनको दायरामा ल्याउला भन्नेमा अहिले धेरैको चासो जोडिएको छ।

कहिलेसम्म बन्छ बालेन्द्र नेतृत्वमा रास्वपा सरकार?

निर्वाचनअघि नै प्रधानमन्त्रीमा नाम अघि सारिएका बालेन्द्र शाहको नेतृत्वमा रास्वपाको एकल सरकार बन्ने टुंगो लागे पनि उनको सिंहदरबार प्रवेश गर्ने मिति प्रष्ट भइसकेको छैन।

एक्सप्लेनर

दुईतिहाइ बहुमतको सरकारः के गर्न सक्छ, के सक्दैन?

प्रतिनिधिसभामा दुईतिहाइ बहुमत पाउने स्थितिमा देखिएको रास्वपाको अब बन्ने सरकारले एक्लै कैयौँ नीतिगत र कानूनी निर्णय गर्न सक्छ। तर संविधान संशोधनलगायत अरू कैयौँ निर्णय भने गर्न सक्ने छैन, किन?

मतगणना शुरू भएको २४ घण्टामै परिणाम आउने आयोगको दाबी, कस्तो छ त तयारी?

मतगणनामा विगतका ढिलासुस्ती र लम्बेतान प्रक्रियाबाट सिकेर निर्वाचन आयोगले यसपालि २४ घण्टामै परिणाम सार्वजनिक गर्ने व्यवस्था मिलाइएको दाबी गरेको छ। के आयोगले दाबी गरेझैँ यति चाँडै नतिजा आउला?

राष्ट्रिय दलको मान्यता कसरी दिइन्छ, संसद्‍मा पाउने सुविधा के हो?

आमनिर्वाचनबाट प्रतिनिधिसभामा कुन दलको हैसियत के हुने, कुन–कुन राष्ट्रिय दल हुने, संसद्‍मा प्रतिनिधित्व गर्ने दल कति हुने भन्ने निर्धारण हुन्छ। त्यसकै आधारमा सत्तापक्ष र प्रतिपक्षको कित्ता छुट्टिन्छ।

बदलिएको चुनावी हिंसा: हिजो हातहतियार, अहिले सामाजिक सञ्जालबाट

निर्वाचन सुरक्षामा खटिने सुरक्षाकर्मी हिजो भौतिक हिंसा अर्थात् भीड नियन्त्रण जस्ता काममा अभ्यस्त हुन्थे। अहिले डिजिटल हिंसा फैलाउने डिजिटल भीड नै अगाडि आइसक्दा त्यसको निगरानी र नियन्त्रण असाध्यै चुनौतीपूर्ण देखिएको छ।

आठौँपटक उम्मेदवार बन्न नपाएका देउवा किन छन् मौन?

डडेलधुराबाट २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका र पाँचपटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा कांग्रेसको विशेष महाधिवेशनपछि सार्वजनिक जीवनमा कतै देखिँदैनन्।

स्थलगतः झापा–५

ओलीलाई बिरासत जोगाउने चुनौती, ‘इतिहास रच्ने’ दाउमा बालेन

फागुन २१ मा हुने निर्वाचनमा ‘हेभीवेट’ भिडन्तका रूपमा हेरिएको झापा–५ को चुनावी चर्चाको केन्द्रमा छ– साढे तीन दशक लामो बिरासत जोगाउने ओलीको चुनौती र उनलाई पन्छाएर इतिहास रच्ने बालेन–रणनीति।

‘फेक रेस्क्यू’मा सीआईबी अनुसन्धान: रेस्क्यू, हेलिकप्टर कम्पनी र अस्पतालसम्मकाे मिलेमताे

केही ट्रेकिङ तथा ट्राभल कम्पनी, हेलिकप्टर कम्पनी र अस्पतालहरूको मिलेमतोमा विदेशी पर्यटकलक्षित नक्कली उद्धारको धन्दा चलिरहेको सीआईबीकाे अनुसन्धानले देखाएको छ।

स्थलगतः झापा–५

ओली–बालेन भिड्दा गर्माएको माहोल, चियापसलदेखि घर–घरसम्म के छ चर्चा?

फागुन २१ गते हुने निर्वाचनमा सबैभन्दा ज्यादा चासो र चर्चामा रहेको झापा–५ का मतदाताको मनस्थिति, उम्मेदवारबारेको बुझाइ र चुनावी प्रचारप्रसार शुरू नहुँदैको ‘अर्ली माहोल’बारे स्थलगत रिपोर्ट:

स्थलगतः सुनसरी–१

स्वतन्त्रबाट ‘चमत्कार’ गरेका ती हर्क, पार्टी खोलेपछिका यी हर्क

परम्परागत रूपमा ‘कम्युनिस्टको गढ’ मानिने धरानको मेयरमा २०७६ सालको उपनिर्वाचनमा कांग्रेस र २०७९ को निर्वाचनमा स्वतन्त्रले जितेर गढ भत्काइसकेका छन्। अबको चुनावमा ‘स्वतन्त्र मेयर’ले संसद्तिर फड्को मार्लान्?

शक्ति परीक्षणमा दल, संविधान बनेपछि पहिलोपटक एक्लाएक्लै मैदानमा

२०७२ मा संविधान बनेयता भएका निर्वाचनहरूमा कैयौँ ठाउँमा समर्थकले आफ्नो दल–उम्मेदवारलाई नै मत दिन पाएनन्। चुनावी गठबन्धनमा ‘ब्रेक’ लागेसँगै यसपालि दलहरूको वास्तविक शक्ति परीक्षण हुनेछ।

धोती–कुर्तामा सजिएर बालेनले मैथिलीमै गरेको भाषणले कस्तो अर्थ राख्छ?

बालेन शाहले मधेशी पोसाकमा सजिएर मैथिलीमै भाषण गरेर सर्वसाधारणको मन जित्न खोजेको, यो रास्वपाको मधेश पस्ने रणनीति भएको राजनीतिक विश्लेषकको बुझाइ छ।

मधेशमा बदलिएको बालेनको पोसाक, बदलिएला मधेशका मतदाताको मत?

जनकपुरधाममा भएको ‘परिवर्तन उद्घोष सभा’ रास्वपा प्रवेशपछि बालेनका लागि पहिलो औपचारिक कार्यक्रम थियो, जहाँ सेतो र कालो मिश्रित पोसाकमा देखिएका उनलाई नेताहरूले ‘नायक’का रूपमा चित्रण गरे।