AnonymousUser

Logout

भिजिट भिसा प्रकरणः मानव तस्करीको विषय ‘सामसुम’, अनुसन्धान भ्रष्टाचारमा सीमित

अध्यागमनमा छापा मारेपछि अख्तियारले भिजिट भिसा प्रकरणमा शुरू गरेको करिब तीन महिना लामो अनुसन्धान ‘कर्मचारीको भ्रष्टाचार’मा सीमित हुने देखिएको छ, यसको मुख्य विषय मानवतस्करी लगभग सामसुम बनेको छ।

पहिले आफ्नो मिर्गौला बेचे, पछि आफू नै त्यो गिरोहमा जोडिए

ब्युरोले पक्राउ गरेका एक व्यक्ति पहिले भारतमा गएर आफै मिर्गौला बेचेका व्यक्ति हुन्। पछि उनी यही गिरोहमा रहेर काम गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

नियुक्तिमा पूर्वकर्मचारीको मरिहत्तेः धेरै पेन्सन र अतिरिक्त सुविधाको लोभ

निजामतीमा ‘कुलिङ अफ पिरियड’को विषय पेचिलो बन्नुको चुरो अवकाशलगत्तै आकर्षक पारिश्रमिक र सुविधासहित पाउने नियुक्ति मात्र होइन, त्यहीकारण ह्वात्तै बढ्ने निवृत्तिभरणको रकमसँग पनि जोडिएको छ।

परामर्शका नाममा मनपरी राज्यकोष दोहन, एक वर्षमै सिध्याइयो ७ अर्ब

आफैले गर्नुपर्ने र गर्न सक्ने कामसमेत परामर्शका नाममा अरूलाई दिएर मन्त्रालयदेखि मातहतका सरकारी निकायले राज्यकोषमा बर्सेनि अर्बौं खर्चको भार थोपरिरहेका छन्।

सर्वोच्चमा महान्यायाधिवक्ता कार्यालयको जिकिर- ‘आलमलाई सफाइ दिने फैसला मनोगत तर्कमा आधारित’

आलमलाई सफाइ दिने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरावेदन गरेसँगै यो मुद्दाको अन्तिम छिनोफानो सर्वोच्च अदालतबाट हुने भएको छ।

आलमलाई सफाइ दिने उच्चको फैसलाविरुद्ध महान्यायाधिवक्ता सर्वोच्चमा

आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जको फैसलाविरुद्ध  पुनरावेदन पत्र लिएर शुक्रबार महान्यायाधिवक्ताको कार्यालय सर्वोच्च पुगेको हो।

संवैधानिक–राजनीतिक नियुक्तिमा जताततै उच्चपदस्थ पूर्वकर्मचारी

निजामती विधेयकमा राखिएको ‘कुलिङ अफ पिरियड’को व्यवस्थाले किन यति धेरै तरंग ल्याइरहेको छ? संवैधानिक तथा अन्य राजनीतिक नियुक्तिमा जताततै देखिने पूर्वकर्मचारीको बोलवालाले त्यसको उत्तर दिन्छ।

विकल–सुनील जुगलबन्दीः रजगजदेखि जेलसम्म

इन्जिनियरिङमा ‘गोल्ड मेडलिस्ट’ सुनीलले अर्का पौडेल थरकै इन्जिनियर विकललाई गाइड बनाए। फिलहाल सुनील गुरुतुल्य विकलसहित २७ महिनादेखि खोरमा छन्, उनीहरूविरुद्ध मुद्दा उपर मुद्दा र दण्डित हुने दौर जारी छ।

आलमलाई सफाइ दिने फैसलाविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावेदन गर्ने

राैतहट बम काण्डमा जिल्ला अदालतबाट जन्मकैदको सजाय तोकिएका आलमलाई उच्च अदालतले सफाइ दिने फैसला सुनाएको थियो।

मध्यरातको फैसला: उही अध्यादेश, तर दुई चरणको नियुक्तिमा दुईथरी ठहर 

संवैधानिक निकायका ५२ मध्ये ३२ पदाधिकारीको नियुक्ति बदर हुने फरक राय लेखेका प्रधानन्यायाधीश राउत र न्यायाधीश सुवेदीले उही अध्यादेशबाट भएको २० पदाधिकारी नियुक्तिलाई भने संविधानसम्मत ठहर्‍याए, किन?

संवैधानिक निकायका ५२ पदाधिकारीविरुद्धको रिट सर्वोच्चबाट खारेज, नियुक्ति सदर

तत्कालीन ओली सरकारका पालामा अध्यादेशमार्फत नियुक्त संवैधानिक निकायका ५२ पदाधिकारीविरुद्धको रिट सर्वोच्च अदालतको संवैधानिक इजलासले बहुमतको रायबाट खारेज गरिदिएको छ। योसँगै उनीहरूको नियुक्ति सदर भएको छ।

बाम्का बजार आगलागी : ‘बाल्टिनकै भरमा आगो निभाइयो, दमकल भएको भए यति ठूलो क्षति हुने थिएन’

बाजुराको बूढीगंगा नगरपालिका–६ का वडाध्यक्ष हेमराज जैसी भन्छन्, ‘जिल्लामा दमकल नै छैन। छिमेकी जिल्ला अछामको दमकल बिग्रेको र डोटीबाट आउन सक्ने अवस्था भएन। त्यसैले ठूलो धनमालको क्षति भयो।’

ललितानिवासमा बयान मात्र लिएको अख्तियारले पतञ्जलि जग्गा प्रकरणमा माधव नेपालविरुद्ध किन चलायो भ्रष्टाचार मुद्दा?

मन्त्रिपरिषद्को निर्णय क्षेत्राधिकारभित्र नपर्ने भन्दै ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपालसँग बयान मात्र लिएको अख्तियारले पतञ्जलि जग्गामा भने प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ।

संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति सर्वोच्चबाट बदर, अध्यादेशमार्फत् कसरी मिचिएको थियो प्रक्रिया?

सर्वोच्च अदालतले अध्यादेशमार्फत् संवैधानिक निकायमा नियुक्त ५२ पदाधिकारीको नियुक्ति बदर गरेको छ। तत्कालीन ओली सरकारले दुईपटक गरेको संसद् विघटन बदरसँगै अदालतले गरेको यो अर्को महत्वपूर्ण फैसला हो।

सर्वोच्चले खोलिदियो अग्नि सापकोटामाथि अर्जुन लामा हत्याको अनुसन्धान गर्ने बाटो

सापकोटाविरुद्ध परेको १३ वर्ष पुरानो रिटमा संवैधानिक इजलासले बुधबार सुनुवाइ गर्दै ज्यान मुद्दामा अनुसन्धान अघि बढाउन सरकारका नाममा उत्प्रेषण आदेश जारी गरेको हो।

रौतहट बमकान्डका पीडित परिवार– ‘आलम छुटे, हामी असुरक्षित भयौँ’ 

जिल्ला अदालतबाट जन्मकैद तोकिएका रौतहट बमकाण्डका मुख्य अभियुक्त मोहम्मद आफताब आलम उच्च अदालतबाट सफाइ पाएर छुटेसँगै ज्युँदै जलाएर मारिएका व्यक्तिका परिवारजन अब ‘कतिखेर के हुने हो’ भन्ने त्रासमा छन्। 

आलमलाई सफाइ दिँदा उच्च अदालतको जिकिर– ‘बम विस्फोटको वस्तुनिष्ठ प्रमाण देखिएन’

रौतहटको राजपुर बमकाण्डमा जिल्ला अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका कांग्रेस नेता आलमलाई सफाइ दिने फैसलामा उच्च अदालतले ‘बम विस्फोटकै पुष्टि नभएको’ जिकिर गरेको छ। के थियो घटना?

दुई महिना लामो ‘अन्डरकभर अपरेसन’पछि लिइएको थियो अध्यागमनमा एक्सन, साँठगाँठ कहाँसम्म?

गत बुधबार अध्यागमन कार्यालयमा छापा मारेसँगै उजागर भएको पछिल्लो भिजिट भिसा प्रकरणसम्म पुग्न अख्तियारले दुई महिना लामो विशेष अपरेसन सञ्चालन गरेको थियो। के कारणले जोडियो यसमा गृहमन्त्रीको नाम?

कानून बनाउन आलटाल, राज्यकोषबाट सुविधा बाँड्नचाहिँ हानथाप

राज्यकोषबाट पूर्वउच्चपदस्थहरूले पाइरहेको सुविधालाई गैरकानूनी ठहर गर्दै कानून बनाएर मात्र सुविधा दिन सर्वोच्चले परमादेश दिएको १४ वर्ष बित्यो। सरकार कानून बनाउन होइन, तजबिजमा सुविधा बाँड्न तल्लीन छ। 

तीन पूर्वमन्त्री जोडिएको टेरामक्स प्रकरणः बस्नेतविरुद्ध मुद्दा दर्ता, कार्की र बास्कोटालाई ‘चलाउनु नपर्ने’

टेरामक्स उपकरण खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मोहन बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दर्ता गर्दा ज्ञानेन्द्र कार्की र गोकुल बास्कोटालाई ‘मुद्दा चलाउनु नपर्ने’ जनाएको छ। के हो टेरामक्स प्रकरण?