AnonymousUser

Logout

थला पर्‍यो न्यायालय: न मुद्दाका मिसिल, न इजलास बस्ने ठाउँ

जेन–जी आन्दोलनका क्रममा भएको विध्वंसले थला परेको मुलुकको सर्वोच्च न्यायालय एक महिनापछि पनि मुद्दाको सुनुवाइमा फर्कन सकेको छैन। अदालतमा इजलास बस्ने ठाउँ छैन, हजारौँ मुद्दाका मिसिल नै छैनन्।

जथाभाबी ड्रोन प्रयोग हवाई र समग्र सुरक्षामा चुनौती बन्दै, कसरी हुँदैछ नियमन?

भिडियो र तस्वीर खिच्न मात्र होइन, अरु कैयौँ काममा भइरहेको ड्रोनको जथाभाबी प्रयोग सुरक्षामा ठूलै चुनौती बन्न थालेको छ। कस्तो छ अवस्था, कसरी भइरहेको छ ड्रोनको नियमन?

स्रोतसाधन अभावबाट गुज्रिरहेको प्रहरी, जेन–जी आन्दोलनको ध्वंसले झन् जर्जर

शान्ति सुरक्षा बहाली र अपराध नियन्त्रणका लागि सवारीसाधनलगायत पुग्दो स्रोतसाधन नभएको भन्दै प्रहरी नेतृत्वले निरन्तर सरकार गुहारिरहेको थियो। भएकै सवारीसाधन पनि भदौ २४ मा आगजनीबाट सखाप भएपछि समस्या थप बढेको छ।

आन्दोलनका भिडियो र तस्वीर हेर्दै प्रहरी, अपराधमा संलग्नलाई धमाधम पक्राउ

आन्दोलनका नाममा गरिएका विध्वंशका भिडियो र तस्वीर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन्। कतिपयले प्रहरीकै पोसाक लगाएर बन्दुकसहित सडकमा उत्रिएको भिडियो र तस्वीर पनि सञ्जालमा छन्।

अनि डा. संगीता मिश्राको नियुक्ति रोकियो

आइतबार दिउसो मन्त्रिपरिषद् बैठकपछि नयाँ बन्ने पाँच मन्त्रीको नाम मन्त्रालयसमेत तोकेर राष्ट्रपति कार्यालयलाई जानकारी गराइएको थियो। तर राति ९ बजेपछि अख्तियार सक्रिय बन्दा उनको नियुक्ति रोकियो।

कहाँ ‘हराए’ प्रहरीका ११ सय बन्दुक र जेलबाट भागेका ८ हजार कैदीबन्दी?

जेनजी आन्दोलनका नाममा प्रहरीबाट लुटिएका इन्सास, एसएलआरलगायत करिब ११ सय बन्दुक र कारागारबाट भागेका ८ हजारभन्दा धेरै कैदीबन्दीबारे सरकार नै बेखबर बन्दा समाज अपराधको भुंग्रोमा पर्ने जोखिम बढेको छ।

उपत्यकाका १७ वटै वृत्त ध्वस्त हुँदा ५० जना प्रहरीले जोगाएको एउटा वृत्त

काठमाडौँ उपत्यकाका १८ वटा प्रहरी वृत्तमध्ये अहिले मालीगाउँ मात्र सद्दे छ। तीन पटकसम्म आक्रमण र आगजनी प्रयास हुँदा जम्मा ५० जना प्रहरीले कसरी जोगाए कार्यालय, हातहतियार र थुनुवा?

कारागार फर्किएनन् भागेका ९ हजार कैदीबन्दी, थप सजायको हिसाब गर्दै विभाग

जेनजी आन्दोलनका क्रममा नक्खु कारागारबाट शुरू भई देशभर बिस्तारित अराजकताबीच १४ हजार ५५ कैदीबन्दी भागे। तीमध्ये करिब ९ हजार फरार छन्, जसले समाजमा भय र असुरक्षा बढाएका छन्।

कसरी फर्किन्छ प्रहरीको मनोबल?

जेनजी आन्दोलनका कारण प्रहरी कार्यालयको परिदृश्य र प्रहरीको दैनिकी बदलिएको छ। भदौ २९ गतेदेखि प्रहरीहरू पूर्णरूपमा काममा फर्किए पनि मनोबल आन्दोलनअघिकै अवस्थामा छैन।

जेनजी आन्दोलनः ५४ जना मृतकमध्ये कसको मृत्यु कसरी?

प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा मारिएका २१ जना छन् भने २१ जनाको आगजनी, भागदौड लगायतका क्रममा मृत्यु भएको हो। कारागारबाट भाग्न खोज्दा ९ जना कैदीबन्दी र प्रदर्शनकारीको कुटपिटमा तीन प्रहरी मारिए।

मनोबल उच्च बनाएर ‘ड्युटी’मा फर्किंदै प्रहरी

उपत्यका प्रहरी कार्यालय, उपत्यका ट्राफिक प्रहरी कार्यालय भवनलगायत आगजनीबाट ध्वस्त संरचना सफा गर्न थालिएको छ। प्रहरी प्रधान कार्यालयले सबै प्रहरी कर्मचारीलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिइसकेको छ।

कारागारबाट भागे १३ हजार ५७२ कैदीबन्दी, समाज अशान्तिको भयमा

रवि लामिछानेलाई नक्खु कारागारबाट घर पठाइएपछि त्यसबाटै सिकेर बबण्डर मच्चाउँदै देशभरका कारागारबाट १३ हजार ५७२ कैदीबन्दी भागेका छन्। गम्भीर अपराधका अभियुक्तहरू नै समाजमा पुग्दा अपराधको जोखिम बढेको छ।

डिल्लीबजार कारागारः भाग्न खोज्ने र नखोज्नेबीच भित्रै भएको थियो झडप

रवि लामिछानेलाई नक्खु कारागारबाट मंगलबार नै छाडिएको थाहा पाएपछि डिल्लीबजार कारागारका केही कैदीबन्दीले बुधबार बिहानदेखि आन्दोलन थालेका थिए। त्यसपछि झडपको अवस्था बनेको थियो।

जेनजी आन्दोलन

गम्भीर सुरक्षा कमजोरीले निम्तिएको हिंसा, सुरक्षा रणनीति नै ‘फेलियर’

‘सम्भावित परिस्थिति मूल्यांकन गर्ने, घुसपैठ भएर आन्दोलन अराजक हुनसक्छ भन्नेसम्म आकलन गरेर सुरक्षा रणनीति बनाउनुपर्नेमा त्यो गरेकै देखिएन। यसलाई हल्का रूपमै लिएको देखियो।’

‘स्क्यामर’को फन्दाः १२ हजार बैंक खाता रोक्का, पठाउने र पाउनेलाई नै झमेला

विदेशबाट हुण्डीमार्फत पैसा पठाउँदा स्क्यामरको फन्दामा पर्ने र रकम गुमाउने धेरै छन्। नेपालमा प्रलोभनमा परी आफ्नो खाताबाट रकम ट्रान्सफर गरिदिने र पाउने दुवैले कानूनी झमेलासमेत बेहोरिरहेका छन्।

मानव अंग बेचबिखनको ‘र्‍याकेट’ चलाइरहेका भण्डारीः जसले १०० भन्दा धेरै व्यक्तिको मिर्गौला बेचे

नेपालीलाई भारतमा लगेर मिर्गौला झिकिएको प्रकरण बाहिर आएपछि थप चनाखो बनेको ब्युरोले ‘अपरेसन लाइभ सिल्ड’ चलाएर अनुसन्धान अघि बढाएको थियो।

इम्बोस्ड नम्बर प्लेट अनियमितता प्रकरणः उजुरी परेको ९ वर्षपछि अख्तियारबाट ‘क्लिनचिट’

एक दशकअघि नै सवारीसाधनमा ‘डिजिटल नम्बरप्लेट’ राख्ने योजना ल्याइएको थियो। त्यसका लागि इम्बोस्ड नम्बर प्लेट बनाउने ठेक्कासमेत लगाइसकेको सरकारले अख्तियारमा परेको उजुरीका कारण निर्णय लागू गर्न सकेको थिएन।

अनलाइनमार्फत १६ तरिकाले ठगिँदै सर्वसाधारण, करोडसम्म गुमेपछि बल्ल उजुरी

सबैभन्दा धेरै ठगी सामाजिक सञ्जालमा विज्ञापन गरी सामान पार्सल गरिदिने र साथी बनेर नजिकिँदै महँगा उपहार पठाउने बहानामा भइरहेको छ। प्रायः प्रलोभनमा फस्नेहरू नै ठगिने गरेका छन्।

१८ वर्षअघिको गौर हत्याकाण्ड: सर्वोच्चको परमादेशसँगै कसरी अघि बढ्छ अनुसन्धान?

रौतहटको गौर हत्याकाण्डमा अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले १८ वर्षपछि परमादेश जारी गरेसँगै घटनामा नाम जोडिएका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहित १३० जनामाथि अनुसन्धान गर्ने बाटो खुलेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरण

बालकृष्ण खाँणलाई प्रहरी हिरासतमा २४ घण्टासम्म थियो मोबाइल चलाउने ‘सुविधा’

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने संगठित अपराधमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले पक्राउ परेपछि प्रहरी हिरासतमा २४ घण्टासम्म मोबाइल फोन प्रयोग गरिरहेका थिए।