कांग्रेस सभापति गगन थापाले आगामी भदौ २४ देखि २६ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका केन्द्रीय समितिमा पेस गरेका छन्।
ललितपुर– नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशन आगामी वर्ष भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव केन्द्रीय समितिमा पेस गरेका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा मंगलबार शुरू भएको केन्द्रीय कार्यसमितिको बैठकमा सभापति थापाले चैत २१ गतेदेखि महाधिवेशन तयारीको कार्यतालिका प्रस्तुत गर्दै आगामी भदौ २६ गते सम्पन्न गर्ने कार्यतालिका पेस गरेका हुन्।
उनले पेस गरेको कार्यतालिकामा चैत २१ देखि मसान्तसम्म क्रियाशील सदस्यता अद्यावधिक विशेष अभियान चलाउने र २०८३ वैशाख १ देखि मसान्तसम्म ६ हजार ७४३ वटै वडाबाट क्रियाशील सदस्यता वितरण तथा अद्यावधिक गर्ने प्रस्ताव गरिएको छ।
विसं. २०८३ जेठ मसान्तसम्म सदस्यता विवरण केन्द्रमा पठाउने र असार १५ गतेसम्म केन्द्रले सदस्यताबारे आवश्यक छानबिन गरी टुङ्ग्याउने गरी कार्ययोजना तय गरिएको छ। यस्तै, असार मसान्तसम्म अद्यावधिक क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाउने र साउन ६ गते गाउँ/नगर अधिवेशन सम्पन्न गर्ने प्रस्ताव गरिएको छ।
प्रस्तावित तालिकाअनुसार साउन १२ गते गाउँ/नगर अधिवेशन, साउन २३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, साउन ३० गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र क्षेत्र रहेका जिल्लाको अधिवेशन तोकिएको छ। त्यस्तै, भदौ ६ र ७ गते जिल्ला अधिवेशन, भदौ १५ र १६ गते प्रदेश अधिवेशन तथा भदौ २४, २५ र २६ गते केन्द्रीय महाधिवेशन प्रस्ताव गरिएको छ।


Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
