पूर्व–पश्चिम राजमार्गको दाउन्ने सडक खण्डमा लगातारको वर्षाले सडक हिलाम्य भई सवारीसाधन चिप्लिएपछि यातायात आवागमन प्रभावित भएको छ।
हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ र पूर्वी रुकुम सीमा क्षेत्रमा फसेका २२० भन्दा बढी यात्रुको उद्धार गरिएको छ।
शुक्रबारदेखि सक्रिय रहेको वर्षा गराउने मौसमी प्रणाली कमजोर भएसँगै देशभरको मौसममा क्रमिक सुधार हुन थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
हर्मुज जलघाटीमा जारी ढुवानी अवरोधका कारण उत्पन्न तेल अभावलाई सम्बोधन गर्न अमेरिकाले ३० दिनका लागि इरानी तेलमाथिको प्रतिबन्धमा आंशिक खुकुलो गरेको छ।
हिन्दु पौराणिक कथा र 'टाइम ट्राभल'को अवधारणामा आधारित लघु चलचित्र ‘कल्पवृक्ष’ले भक्तपुर चलचित्र महोत्सवमा दर्शकको सकारात्मक प्रतिक्रिया पाएको छ।
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा दुई समुदायबीच उत्पन्न विवादका कारण शान्ति सुरक्षामा खलल पुग्न सक्ने अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका दौरान बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गरी आचारसंहिता उल्लंघन गरिएका ३५० घटना दर्ता भएको एक अध्ययन प्रतिवेदनले देखाएको छ।
सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या गरिएको घटनाका दोषीलाई कडा कानूनी कारबाहीको माग गर्दै शनिबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ।
काठमाडौँको भोटेबहालमा बसले ठक्कर दिँदा दुई जना भारतीय नागरिकको मृत्यु भएको छ।
'अध्ययन प्रतिवेदनहरू लुकाउने हो सुशासन? अध्ययन प्रतिवेदनहरू सार्वजनिक नहुने हो भने अहिलेको र अघिल्लो सरकारबीच के फरक रह्यो?'
बेलायत सरकारले इरानका मिसाइल अड्डामाथि आक्रमण गर्न अमेरिकालाई आफ्ना सैन्य अड्डा प्रयोग गर्न अनुमति दिएको छ।
देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबाट आशीर्वाद लिएर आज इद उल फित्र पर्व मनाउँदै छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी र हिमाली भूभागमा बादल लागेको छ।
हिमपात र वर्षाले वारागुङ मुक्तिक्षेत्र–३ स्याङ्बोचेदेखि माथिल्लो क्षेत्रका दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ।
वर्षाका कारण दाउन्ने खण्डको सडक चिप्लो भई दुर्घटनाको जोखिम बढेपछि नारायणघाट–बुटवल सडकखण्डमा शुक्रबारदेखि रात्रिकालीन सवारी आवागमनमा आंशिक रोक लगाइएको छ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्रमा शुक्रबार छैटौँ पटक भारी हिमपात भएसँगै जनजीवन प्रभावित भएको छ।
वर्षासँगै भीमफेदीको गंगटेमा पहिरो खसेपछि हेटौँडा–काठमाडौँ जोड्ने कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार देशका विभिन्न स्थानमा हुरीबताससहित वर्षा भइरहेको छ भने मकवानपुरको गढी क्षेत्रमा सर्वाधिक वर्षा मापन गरिएको छ।
हिन्द महासागरमा जारी शक्ति प्रतिस्पर्धाबीच श्रीलंकाले अमेरिकी लडाकु विमान राख्ने प्रस्तावलाई आफ्नो तटस्थ नीतिविपरीत भन्दै अस्वीकार गरेको छ।
सिरहा जिल्ला अदालतअगाडि भएको कुकर बम विस्फोट घटनाको अनुसन्धानका क्रममा प्रहरीले एक जना लेखापढी व्यवसायीलाई पक्राउ गरेको छ।