काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीको बहानामा करिब २५० जनालाई ठगी गरेको अभियोगमा ‘तेल भिसा’ चलचित्रका निर्माता शिवराज कार्कीलाई स्वयम्भूबाट नियन्त्रणमा लिएको छ।
काठमाडौँ– काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गरेको अभियोगमा ‘तेल भिसा’ चलचित्रका निर्माता शिवराज कार्कीलाई पक्राउ गरेको छ। सिन्धुलीको सुनकोशी गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका–४ माकलवारी बस्ने ४४ वर्षीय कार्कीलाई पासाङ नोर्बु तामाङलगायतको जाहेरीका आधारमा प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हो।
वैदेशिक रोजगारसम्बन्धी कसुरमा फरार रहेका उनलाई काठमाडौँको स्वयम्भूबाट पक्राउ गरी थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरी उपरीक्षक तथा सूचना अधिकारी मनोहरप्रसाद भट्टले जानकारी दिए।
अनुसन्धानका क्रममा कार्कीविरुद्ध वैदेशिक रोजगार विभागमा विभिन्न मितिमा ६ वटा पक्राउ पुर्जी जारी भएको पाइएको छ। उनले काठमाडौँको चाबहिलमा विगत १० वर्षदेखि 'पी एन्ड एम इनोभेटिभ सर्भिस' नामक कन्सल्टेन्सी सञ्चालन गर्दै आएको देखिएको छ। प्रारम्भिक अनुसन्धानबाट उनले वैदेशिक रोजगारीमा पठाइदिने बहानामा करिब २५० जनालाई ठगी गरेको र तीमध्ये १०० जनाभन्दा बढी पीडित प्रहरीको सम्पर्कमा आइसकेको खुलेको छ।
प्रहरीका अनुसार कार्कीविरुद्ध असार २४ गते बैंकिङ कसुरमा समेत मुद्दा दर्ता भएको देखाएको छ। उनी विगत ३ महिनादेखि भारतको नयाँ दिल्लीस्थित पहाडगञ्जमा 'अन्नपूर्ण फास्ट फुड' सञ्चालन गरी बसिरहेका थिए। त्यहाँ उनले भारत सरकारबाट जारी हुने आधार कार्ड र प्यान कार्डसमेत प्राप्त गरिसकेको जानकारी प्राप्त भएको सूचना अधिकारी भट्टद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
