परराष्ट्र मन्त्रालयले अमेरिका, इजरायल र इरानबीचको द्वन्द्वका कारण खाडी मुलुकमा २८ नेपाली घाइते भएको जनाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वय गौरीकुमारी यादवलाई उद्योग र रामजी यादवलाई श्रम मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन्।
श्रवण मुकारुङ पहिला कविको रूपमा स्थापित भए। अनि गीतकार र नाटककारका रूपमा चिनिए। स्थापित साहित्यकार भइसकेपछि उनले उपन्यासमा कलम चलाउन थाले। अब उनको परिचय कवि, गीतकार र नाटककारमा मात्र सीमित छैन।
सूर्योदय नगरपालिकाले चियाको न्यूनतम समर्थन मूल्य खारेज गर्दै बजारीकरण र मूल्य निर्धारणको जिम्मा सङ्घीय सरकारले लिनुपर्ने निर्णय गरेको छ।
पश्चिम एशियामा द्वन्द्व लम्बिनु, पुँजीगत बजेट कार्यान्वयन कमजोर हुनु, वित्तीय क्षेत्रका जोखिम तथा जलवायुजन्य विपद् प्रमुख चुनौतीका रूपमा एडीबीले औँल्याएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य २ हजार २ सयले बढेर २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
भक्तपुरको सांस्कृतिक तथा ऐतिहासिक पहिचान बोकेको प्रसिद्ध बिस्का जात्रा आजदेखि शुरू हुँदैछ।
कोशी प्रदेशका पहाडी र हिमाली भूभाग तथा बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
मदन भण्डारी राजमार्गको सुनसरी-झापा खण्ड विस्तारका लागि चार जिल्लाका सरकारी तथा सामुदायिक वनका १३ हजार ८ सयभन्दा बढी रूख कटान गरिएको छ।
इरान र अमेरिकाबीच भएको दुईहप्ते युद्धविराममा लेबनान पनि समावेश रहेको इरानी पक्षले दाबी गरे पनि अमेरिकाले भने त्यसलाई अस्वीकार गरेको छ।
पश्चिमी न्यून चापीय प्रणालीका कारण सिन्धुली, झापा, इलाम र सुनसरीमा भारी वर्षा भएको छ भने आज रातिदेखि यो प्रणाली विस्तारै बाहिरिँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य गर्ने निर्णय गरेका छन्।
भेपमार्फत सुन तस्करी प्रकरणमा संलग्न रहेको अभियोगमा अख्तियारले पूर्वसभामुख कृष्णबहादुर महरा र भन्सारका कर्मचारीसहित २८ जनाविरुद्ध साढे ७ करोड रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।
प्रतिनिधिसभाको उपसभामुख पदका लागि राप्रपाकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुरले बिहीबार आ-आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
पदीय मर्यादाको दुरुपयोग गरी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा सक्रिय गराएको भन्दै रास्वपाले गरेको सिफारिसका आधारमा प्रधानमन्त्री बालेन्द्र शाहले श्रममन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन्।
बिहीबार नेप्से परिसूचक करिब ४८ अंकले बढेर २८५१ को बिन्दुमा पुगेको छ भने करिब १० अर्ब रुपैयाँको कारोबार भएको छ।
प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ।
एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्योपचारका लागि केही दिन अस्पतालमै रहने भएका छन्।
चाँदी प्रतितोला १५० रुपैयाँले घटेर ४ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ।
प्रदर्शनीमा १५ जना कलाकारले तयार पारेका १० वटा कलाकृति र १० वटा सचित्र कथाको संग्रह देखाइनेछ।