बढ्यो सुनचाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य २ हजार २ सयले बढेर २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बढ्यो सुनचाँदीको मूल्य
फाइल तस्वीर

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य २ हजार २ सयले बढेर २ लाख ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुनको मूल्य २ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि ८५ रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य ४ हजार ९ सय ६० रुपैयाँ कायम भएको छ।

बिहीबार चाँदी प्रतितोला ४ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।