पश्चिमी न्यून चापीय प्रणालीका कारण सिन्धुली, झापा, इलाम र सुनसरीमा भारी वर्षा भएको छ भने आज रातिदेखि यो प्रणाली विस्तारै बाहिरिँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ— पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण विकास भएको वर्षा गराउने प्रणाली अहिले पूर्वी नेपालमा केन्द्रित भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार बिहान पश्चिमबाट सक्रिय भएको यो प्रणाली साँझ पूर्व पुगेको थियो र अहिले बाहिरिने क्रममा छ। यद्यपि, पूर्वका विभिन्न ठाउँमा अहिले पनि वर्षा भइरहेको छ। उक्त प्रणाली बिहीबार रातिदेखि बाहिरिने र प्रि–मनसुनका गतिविधि भने कायम रहने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
पछिल्लो २४ घण्टामा उक्त प्रणालीका कारण विभिन्न चार जिल्लामा भारी वर्षा भएको छ भने वर्षा सातै प्रदेशमा महसुस गरिएको छ। सबैभन्दा बढी वर्षा सिन्धुलीमा भएको छ। बिहीबार साँझ ५ बजेको अभिलेखअनुसार २४ घण्टामा इलाममा ५३.२, झापामा ५४.८, सुनसरीमा झण्डै ४९ र सिन्धुलीमा ५९.४ मिलिमिटर वर्षा भएको छ।
अहिले पनि पश्चिम क्षेत्रको रुकुम र कास्कीमा हल्का वर्षा भइरहेको छ भने बागमतीका केही क्षेत्र तथा कोशी प्रदेशमा बढी वर्षा भइरहेको छ। पश्चिमदेखि मध्यसम्मको मौसम खुलिसकेको र रातिदेखि विस्तारै थप खुल्दै जाने तथा केही उच्च पहाडी र हिमाली भेगमा भने बदली रहने देखिन्छ।
विभागका सूचना अधिकारी दिनकर कायस्थले शुक्रबार कोशी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने, बाँकी हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली हुने र तराईका भू–भागमा मौसम मुख्यतया सफा रहने बताएका छन्।
उनका अनुसार कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भाग तथा बाँकी हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ। यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
