नेप्से परिसूचक ४८ अंकले बढ्यो

बिहीबार नेप्से परिसूचक करिब ४८ अंकले बढेर २८५१ को बिन्दुमा पुगेको छ भने करिब १० अर्ब रुपैयाँको कारोबार भएको छ।

फाइल तस्वीर

काठमाडौँ— साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिएको छ। बिहीबार नेप्से परिसूचक ४८.७१ अंकले बढेर २८५१.२४ को बिन्दुमा कायम भएको छ। यो १.७३ प्रतिशतको वृद्धि हो।

आज ३३८ कम्पनीको २ करोड ७९ लाख ३१ हजार ७७० कित्ता शेयर १ लाख ८ हजार ८६९ पटक खरिदबिक्री हुँदा ९ अर्ब ९१ करोड ९२ लाख १० हजार २११ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा सबै समूहका उपसूचकहरू बढेका छन्। छ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। एनआईसी एसिया ब्यालेन्स फन्ड सबैभन्दा धेरै ७.७४ प्रतिशतले घटेको छ।