प्रदर्शनीमा १५ जना कलाकारले तयार पारेका १० वटा कलाकृति र १० वटा सचित्र कथाको संग्रह देखाइनेछ।
काठमाडौँ- सृजनालयको आयोजना तथा यूएन वुमेन नेपाल र फिनल्यान्ड सरकारको सहकार्यमा चैत २५ गते बुधबारदेखि ‘उर्लँदो नदीसरि: महिला र परिवर्तनका कथाहरू’ शीर्षकको कला प्रदर्शनी शुरू भएको छ।
काठमाडौँको नेपाल आर्ट काउन्सिलमा आयोजना गरिएको प्रदर्शनी चैत ३० गतेसम्म सञ्चालन हुनेछ। प्रदर्शनीमा १५ जना कलाकारले तयार पारेका १० वटा कलाकृति र १० वटा सचित्र कथाको संग्रह समावेश गरिएको छ।
प्रदर्शनीमा विशेषगरी दलित, मधेसी र आदिवासी महिलाहरूले भोगेका चुनौती, उनीहरूको साहस, प्रतिरोध र नेतृत्वका कथालाई प्रस्तुत गरिएको छ। कलाकारहरूले सिलाइ–बुनाइ, बुट्टा भर्ने, बिरुवाको रेशाबाट बुन्ने, ढुंगा कुँद्ने, तथा लोकगायनजस्ता स्थानीय र घरेलु सीपलाई कलाको माध्यम बनाएका छन्।

उद्घाटन सत्रमा ‘उर्लँदो नदीसरि: प्रतिरोधका कथाहरू’ शीर्षकमा प्यानल छलफलसमेत आयोजना गरिएको थियो। छलफलमा सामुदायिक नेतृ धनसरा बादी, लेखक तथा विश्लेषक जेबी विश्वकर्मा, कलाकार सोफिया महर्जन र युवा अभियन्ता अमृता बनले कला र कथाका माध्यमबाट सामाजिक मान्यता परिवर्तनबारे विचार राखेका थिए।
आयोजकका अनुसार काठमाडौँपछि यो प्रदर्शनी सुदूरपश्चिम, कर्णाली, मधेस र बागमती प्रदेशका विभिन्न जिल्लाका समुदायसम्म पनि पुर्याइनेछ। प्रदर्शनी दैनिक बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ।









Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
