रोयटर्सका अनुसार बुधबार लेबनानमा भएको आक्रमणमा कम्तीमा २५४ जनाको मृत्यु भएको छ भने ११०० भन्दा बढी घाइते भएका छन्।
कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पश्चिम नेपालबाट शुरू भएको वर्षा पूर्वी नेपालसम्म फैलिएको छ।
मंगलबार राति संघर्षविराम घोषणा भए पनि बुधबार बिहान करिब १० बजे इरानको लावान टापुको तेल प्रशोधन केन्द्रमाथि आक्रमण भएको थियो।
राजदूत एवं नियोग प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग दुई साताको युद्धविराममा सहमत भएका छन्।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ।
भूमिगत राजनीति र संविधानसभा सदस्यको कार्यकाल पूरा गरी जन्मथलो फर्किएका गमबहादुर श्रीसले म्याग्दीको बरम्जामा व्यावसायिक कृषि र पशुपालन गरिरहेका छन्।
बागमती प्रदेशसभाको १७ औँ हिउँदे अधिवेशन मंगलबारदेखि हेटौँडामा प्रारम्भ भएको छ।
इरानको खार्ग टापुमा अमेरिका र इजरायलले आक्रमण गरेका छन्। खार्ग टापु इरानको अर्थतन्त्रका लागि मेरुदण्ड मानिन्छ, जहाँ देशको सबैभन्दा ठूलो तेल टर्मिनल, पाइपलाइन र भण्डारण ट्यांकहरू रहेका छन्।
चालु आर्थिक वर्षको भदौयता मुस्ताङ भ्रमणमा आएका पर्यटकमध्ये उच्च हिमाली भेगमा हुने 'हाई अल्टिच्युड' समस्याका कारण सात जनाले ज्यान गुमाएका छन्।
इरान युद्धका कारण बढ्दो ऊर्जा लागतबाट प्रभावित नागरिकलाई राहत दिन श्रीलंका सरकारले किसान, माझी र विपन्न परिवारका लागि ३२ करोड डलरको विशेष सहायता प्याकेज ल्याएको छ।
महोत्तरीको जलेश्वर–बर्दिबास सडकखण्डअन्तर्गत बथनाहामा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्टलाई नियुक्त गर्नुका साथै पेट्रोलियम पदार्थको भन्सार महसुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९१ हजार ८ सय रुपैयाँ पुगेको छ।
पुस्तकमा सेजनले विभिन्न समयमा विषयगत विशिष्टतासहित प्रकाशन गरेका अर्थमन्त्री वाग्लेका आठ वटा लेख समावेश गरेको छ।
अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको इन्धन सुविधामा कटौती गर्ने निर्णय गरेको छ।
नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ।
सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै दायर बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरिदिए पनि तेस्रो पटक थपिएको म्याद सकिएपछि भने दुवै जनालाई हिरासतमुक्त गर्न परमादेश जारी गरेको छ।