उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृति पार्टीलाई

प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज उम्मेदवारी दर्ता हुँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ।

काठमाडौँ— प्रतिनिधिसभाको उपसभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीकी रुवीकुमारी ठाकुरलाई समर्थन गर्ने भएको छ।

उनको समर्थकमा रास्वपाका अशोककुमार चौधरी रहने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए। सो पदका लागि आज उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ।