एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको रिहाइ माग गर्दै वडादेखि केन्द्रसम्मका थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।
कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा र भावी कार्यदिशाबारे छलफल गर्न सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ।
क्षेत्रीय सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जापानले आफ्नो रक्षा रणनीतिमा परिवर्तन गरी दक्षिणपश्चिमी क्षेत्रमा करिब १,००० किलोमिटर दायराको ‘टाइप–१२’ मिसाइल सञ्चालनमा ल्याएको छ।
यो साताको शुरूआती दुई दिन लगातार उच्च अंकले घटेको नेप्से परिसूचकमा मंगलबार भने १९.७० अंकको सुधार देखिएको छ।
श्रम मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण सरकारी मान्यता प्राप्त जुनसुकै अस्पतालबाट गर्न पाउने व्यवस्था गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा नयाँ योजनाका लागि लाभ–लागत विश्लेषण अनिवार्य गर्दै राष्ट्रिय योजना आयोगले मन्त्रालयहरूसँग प्रारम्भिक छलफल र 'चेकलिस्ट' कार्यान्वयन शुरू गरेको छ।
तुलसीले बाँसुरी बनेयताका ४५ वर्ष नेपाली फिल्मीजगत्मा बिताएका छन्। आफ्नो सपना, योजना र ऊर्जा सम्पूर्ण नेपाली फिल्ममै खर्चिएर यहीँबाट कहिले ताली र कहिले गाली पाइरहेको अवस्था उनका लागि जीवनको सम्झनुपर्ने क्षण बनिसकेको छ।
आन्दोलनको छानबिन गर्न गठित आयोगले उनलाई पनि कारबाही सिफारिस गरेको थियो।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा आगामी चैत १९ गते बिहीबार दिउँसो २ बजेका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।
मन्त्रिपरिषद्ले आगामी चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्नुका साथै संविधान संशोधन बहसपत्र तयार पार्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ।
पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई थुनामुक्त गर्न माग गरिएको रिटमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ माग गरेको छ।
सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामुक्त गर्न माग गरिएको रिटमा आदेश जारी गर्न अस्वीकार गरेको छ भने सरकारसँग पक्राउको लिखित कारण माग गरेको छ।
सोमबार पनि नेप्से परिसूचक ४७.७१ अंकले घटेर २८३१.३९ को बिन्दुमा सीमित भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहले कोशी र कर्णाली प्रदेशका सांसदसँग सिंहदरबारमा भेटघाट गरी सम्बन्धित क्षेत्रका समस्या र तत्काल गर्नुपर्ने कामबारे जानकारी लिएका छन्।
लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ।
विद्यार्थीमा पर्ने मनोवैज्ञानिक र आर्थिक बोझ पर्ने भन्दै शिक्षा मन्त्रालयले आगामी वैशाख १ गतेदेखि ‘ब्रिज कोर्स’ र प्रवेश परीक्षा तयारीका नाममा हुने सबै कार्यक्रम बन्द गर्न निर्देशन दिएको छ।
सुर्खेतकी इनिशा विकको हत्या प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले चारैजना अभियुक्तलाई सामूहिक बलात्कार र कर्तव्य ज्यानको अभियोग लगाउँदै आइतबार अदालतमा मुद्दा दायर गरेको छ।
सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्कालाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।