AnonymousUser

Logout

भन्सार ऐनको विरोधमा भन्सार एजेन्टको ‘पेन डाउन’

भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ को प्रावधानप्रति असन्तुष्टि जनाउँदै भैरहवा भन्सार कार्यालयमा कार्यरत भन्सार एजेन्टका कर्मचारी सोमबारदेखि आन्दोलित छन्।

सानिमा जुम खोला हाइड्रोपावरमा कार्यरत एक मजदुरको मृत्यु

निर्माणाधीन ५६ मेगावाट क्षमताको सानिमा जुम खोला हाइड्रोपावर आयोजनाअन्तर्गतको निर्माण कम्पनी बाबरी हाइड्रोपावर कन्ट्रक्सनमा कार्यरत एक मजदुरको मृत्यु भएको छ।

अनामनगरको पार्कमा खुला पुस्तकालय

पत्रकार नारायण तिवारीले आफ्नै सक्रियतामा अनामनगरको हनुमानस्थान नजिकको पार्कमा खुला पुस्तकालय सञ्चालनमा ल्याएका हुन्।

चीनमा पूर्व बैंकरलाई मृत्युदण्ड, १५६ करोड डलर घुस लिएको ठहर

सीएचएच चाइना ह्वारोङ एसेट म्यानेजमेन्टको सहायक कम्पनी हो। जसले देशको सबैभन्दा ठूलो सम्पत्ति व्यवस्थापन कोषको रूपमा खराब ऋण व्यवस्थापनका बारेमा चासो राख्छ।

एनपीएल: पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्दै

मंगलबारको खेल जित्ने टोली सिधै फाइनल पुग्नेछ। पराजित टोलीले इलिमिनेटर खेल्ने मौका पाउनेछ।

यस्तो रहनेछ मंगलबारको मौसम

गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।

जापानमा ७.६ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी जारी

भूकम्पपछि जापानी मौसम विज्ञान निकाय (जेएमए)ले तटीय क्षेत्रहरूमा सुनामी आउन सक्ने भन्दै उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

मन्त्रिपरिषद् निर्णय: ‘जेनजी’ घाइतेलाई रोजगारीको व्यवस्था गरिने, उखुको मूल्य ६२० निर्धारण

मन्त्रिपरिषद्ले २०८१ चैत १५ गते तीनकुने प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई शहीद घोषणा गर्ने निर्णय पनि गरेको छ।

हितेन्द्रदेव शाक्यलाई प्राधिकरणमै पुनर्बहाली गर्न सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हितेन्द्रदेव शाक्यलाई सरुवा गर्ने सरकारको निर्णयलाई ‘पूर्वाग्रही र प्रतिशोधपूर्ण’ ठहर गर्दै बदर गरिदिएको छ।

मंसिर २६ गतेसम्म मतदाता नामावलीमा दाबी–विरोध गर्न सकिने

आयोगले झूटा विवरणका आधारमा नाम दर्ता भएको पाइएमा उजुरी दिन, एउटै व्यक्तिको नाम एकभन्दा बढी स्थानमा भएमा एक स्थानमा मात्र कायम गर्न र मृतक वा नागरिकता त्याग गरेका व्यक्तिको नाम हटाउन सूचना दिन आग्रह गरेको छ।

अदालतको अवहेलना मुद्दामा नेपाल बारका पूर्वअध्यक्ष घिमिरेले पाए सफाइ

न्यायाधीश नियुक्तिको विषयलाई लिएर प्रधानन्यायाधीश र अदालतको जनआस्थामा आँच पुर्‍याउने गरी सार्वजनिक टिप्पणी गरेको भन्दै उनीविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर भएको थियो।

सिन्धुलीमा सरकारी कार्यालय तोडफोड र आगजनी गर्ने १५ जना पक्राउ

पक्राउ परेकाहरूमाथि जिल्ला प्रशासन, मालपोत र कमलामाई नगरपालिका–५ को वडा कार्यालयमा क्षति पुर्‍याएको आरोपमा ‘आपराधिक उपद्रव’सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

शेयर बजारमा निरन्तर गिरावट, नेप्से परिसूचक २६०६ विन्दुमा कायम

सोमबार नेप्से परिसूचक ३.०३ अंकले घटेर २६०६.६७ को विन्दुमा कायम भएको छ।

क्याम्बोडियाली सेनालक्षित थाइल्यान्डको हवाई आक्रमण

थाई सेनाले आफ्नो हवाई आक्रमण क्याम्बोडियाली सैन्य ठेगानाहरूमा मात्र केन्द्रित रहेको र सर्वसाधारणलाई क्षति नपुऱ्याउने प्रयास गरिएको दाबी गरेको छ।

कुश्मिसेरा–राङ्खानी सडक: २ वर्षमा सक्नुपर्नेमा ६ वर्षमा ६५ प्रतिशत मात्रै प्रगति

कुश्मिसेरादेखि देवलधारासम्मको १० किलोमिटर सडक हिउँदमा धुलो तथा बर्खामा हिलोका कारण स्थानीय र यात्रुले सास्ती खेप्नुपरेको छ।

गोवाको क्लबमा भएको आगलागीमा चार नेपालीसहित २५ जनाको मृत्यु

नाइटक्लबमा आगलागी हुँदा चार जना नेपालीसहित २५ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन्।

चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ

काठमाडौँको सिनामंगलमा आफ्नै चार महिने छोराको हत्या गरेर भागेको अवस्थामा उनलाई नागढुंगाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

आज देशका विभिन्न स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालगन्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

उद्योग वाणिज्य संघ, नेपालगन्जका अध्यक्ष टङ्क धामीले विगत एक दशकदेखि नेपालगन्ज–दिल्ली हवाई उडानका लागि निरन्तर प्रयास गर्दै आएको बताए।

नागढुंगा–नौबिसे सडक दैनिक ५ घण्टा बन्द हुने

जिल्ला प्रशासन कार्यालय काठमाडौँ र धादिङले संयुक्त रूपमा सडक बन्द हुने सूचना प्रकाशित गरेको छ।