चिसो बढेसँगै बिरामीको चाप बढ्दै गए पनि उनीहरूलाई राख्ने ठाउँ नहुँदा केन्द्रबाहिरै राखेर उपचार भइरहेको सहायक इन्चार्ज विमला पाण्डेले जानकारी दिइन्।
बाजुरा— जिल्लाको पूर्वी उत्तरी भेगस्थित हिमाली गाउँपालिकाको धुलाचौर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा भवन अभावका कारण बिरामीको उपचार खुला चौरमा हुँदै आएको छ।
गाउँपालिकाको केन्द्रमा रहेको वडा नं ६ स्थित यस स्वास्थ्य केन्द्रमा उपचारका लागि आउने बिरामीलाई राख्ने कोठा नहुँदा खुला स्थानमै सेवा प्रवाह गर्नुपरेको स्वास्थ्य केन्द्रले जनाएको छ। चिसो बढेसँगै बिरामीको चाप बढ्दै गए पनि उनीहरूलाई राख्ने ठाउँ नहुँदा केन्द्रबाहिरै राखेर उपचार भइरहेको सहायक इन्चार्ज विमला पाण्डेले जानकारी दिइन्।
उनका अनुसार स्वास्थ्य केन्द्रको वर्तमान भवन प्रशासनिक कार्य तथा भिडियो एक्स–रे सेवाका लागि मात्र प्रयोग भइरहेकाले अन्य बिरामीका लागि कोठा अभाव भएको हो।
गाउँपालिकाको केन्द्रमा रहेको यस आधारभूत स्वास्थ्य केन्द्रमा दैनिक २० जनाभन्दा बढी बिरामी आउने गरेका छन्। केन्द्रमा ज्वरो, पखाला र अन्य मौसमी रोगका बिरामी बढी आउने गरेको पाण्डेले बताइन्। उनका अनुसार स्वास्थ्य केन्द्रबाट गर्भवतीको भिडियो जाँच, एक्स–रे, सुरक्षित मातृत्व र जनरल सेवा प्रवाह हुँदै आएकाले बिरामीको चाप दिनप्रतिदिन बढ्दो छ।
विगत एक हप्तादेखि बिरामीको चाप लगातार बढिरहेको पाण्डेको भनाइ छ। सरकारले उपलब्ध गराउने निःशुल्क औषधि पर्याप्त भए पनि उपचार कक्ष नहुँदा चिसो चौरमै सेवा दिनुपरेको उनले बताइन्।
गाउँपालिकाले सञ्चालन गरेको यस केन्द्रमा स्थानीयभन्दा बढी छिमेकी जिल्ला मुगुको खत्याड गाउँपालिकाका बासिन्दा सेवा लिन आउने गरेका छन्। खत्याड गाउँपालिकाले करारका स्वास्थ्य कर्मचारी हटाएपछि त्यहाँका बिरामी उपचारका लागि धुलाचौर आउन थालेका हुन्।
नयाँ भवन निर्माण सम्पन्न भए पनि हस्तान्तरण नहुँदा हाल जीर्ण भवनबाट सेवा प्रवाह भइरहेको छ। निर्माण कम्पनीले भवन हस्तान्तरण गर्न ढिलाइ गरेको हिमाली गाउँपालिकाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
