दोहोरो करमुक्ति सम्झौताको खारेजीको प्रभाव नेपालका लागि आर्थिक वर्ष २०८३/८४ को साउन १ गतेदेखि लागू हुनेछ।
यदि नियम तोडियो भने बालबालिका वा अभिभावकले कुनै सजाय पाउने छैनन्। जिम्मेवार सामाजिक सञ्जाल कम्पनीलाई भने ठूलो जरिबाना हुनेछ।
गत सातादेखि घटिरहेको नेप्से मंगलबार सामान्य बढेको थियो तर आज फेरि ५.०३ अंकले घटेको छ।
चितवनसहित छिमेकी जिल्लामा पालिएका कुखुरामा एनेमिया भाइरस देखिएको छ।
प्रवासी मताधिकार
‘एक तिहाइ नेपालीलाई मतदानबाट वञ्चित गराएर चुनिएको प्रतिनिधिले सबैको प्रतिनिधित्व गर्न सक्दैनन्। मताधिकार दिनुपर्छ भन्ने सर्वोच्च अदालतको फैसला पनि त्यसैमा आधारित थियो।’
थाइल्यान्ड र कम्बोडियाबिचको सीमा झडपले थाइल्यान्डको सीमावर्ती प्रान्तमा ८०० भन्दा बढी विद्यालय र अस्पताल अस्थायी रूपमा बन्द भएका छन्।
मंसिर २० गतेदेखि लागू भएको भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ का प्रावधानप्रति विमति जनाउँदै भन्सार एजेन्ट आन्दोलित भएका हुन्।
सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेको मानव अधिकारको विश्वव्यापी घोषणापत्र (यूडीएचआर) को स्मरणमा हरेक वर्ष यो दिवस मनाइन्छ।
काठमाडौँ र लुम्बिनीबीच हालसम्म दुवै संस्करणमा गरेर दुई पटक मात्रै भेट भएको छ। जसमा दुवै खेल काठमाडौँले जितेको छ।
दिउँसो कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।
निर्वाचन आयोगले मंसिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा निर्धारण गरेको थियो।
बांगेचौरलाई रंगाशाला बनाउने योजना ‘डीपीआर’मै थन्किएको छ। निसान थापाले खेलमैदानमा पानी नहाली खेल्ने हो भने धुलोले खेलाडी नै नचिनिने अवस्था रहेको सुनाए।
पहिलो क्वालिफायर खेलमा विराटनगरलाई ७७ रनले पराजित गर्दै सुदूरपश्चिम एनपीएलको फाइनलमा प्रवेश गरेको छ।
पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामा विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारीसँग पाँच लाख रुपैयाँ र पूर्वनिर्देशक मुरारी भण्डारीसँग एक लाख रुपैयाँ धरौटी माग गरेको छ।
नगरबसहरू प्रयोगविहीन भएपछि आवश्यक व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन गरेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले जानकारी दिए।
क्यानले मंगलबार अशोक धामीको कप्तानीमा एसीसी मेन्स यू१९ एशिया कपका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ।
इन्डोनेसियाको राजधानी जकार्तास्थित एक कार्यालय भवनमा मंगलबार आगलागी हुँदा एक गर्भवती महिलासहित कम्तीमा २२ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।
थाइल्यान्ड र कम्बोडियाको ८१७ किलोमिटरको साझा भूमि सीमामा रहेका धेरै क्षेत्रहरूमा एक शताब्दीभन्दा पुरानो विवाद छ। यही विवादका कारण बेला–बेलामा सशस्त्र झडप भइरहेका छन्।
अख्तियारले दाङस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको ठेक्कामा आर्थिक अनियमितता र मिलेमतो भएको निष्कर्ष निकाल्दै तत्कालीन निमित्त डिभिजन प्रमुखसहित पाँच कर्मचारी र ठेकेदार कम्पनीका प्रबन्ध निर्देशकविरुद्ध आरोपपत्र दायर गरेको छ।
मंगलबार नेप्से परिसूचक ७.३९ अंकले बढेर २६१४.०७ को बिन्दुमा कायम भएको हो।