AnonymousUser

Logout

कर्णालीतिर झुमा–काली सांगीतिक जोडा (भिडियोसहित)

सुदूरपश्चिमको संगीतलाई जतिसक्दो प्रवर्द्धन गर्ने उद्देश्यसहित देउडा गायनको शैली र ढोरपाटन (बागलुङे) भाकाको प्रयोगमाझ ‘कर्नाली सलल’ बजारमा आएको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन: १० हजार ९६७ मतदानस्थल कायम

निर्वाचन आयोगले सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि १६८ वटा मतदानस्थल थप गरेको छ।

सुदूरपश्चिम र कर्णालीमा आंशिक बदली रहने

तराई र उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको विभागले जनाएको छ।

‘राजनीतिक अस्थिरताका कारण सार्वजनिक खर्च प्रणालीमा गम्भीर समस्या’

मन्त्री सिन्हाले कर्मचारीतन्त्रमा कुर्सीमा बसेपछि मात्रै विज्ञ बन्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने र नेतृत्वले विज्ञको सुझाव सुन्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिए।

मुख्यमन्त्री यादवले पाए विश्वासको मत

मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई सदनमा रहेका १० वटै दलका उपस्थित ९२ सांसदले विश्वासको मत दिएका छन्।

शीतलहरका कारण कृष्णपुरका विद्यालय २ दिन बन्द

कञ्चनपुरसहित पश्चिम तराईका जिल्लामा विगत चार दिनदेखि घाम नलाग्ने, बाक्लो हुस्सु र शीतलहर चल्ने क्रममा बढेको छ, जसका कारण सर्वसाधारणको जनजीवन निकै कष्टकर बनेको छ।

दृष्टिविहीन क्रिकेट टोलीका खेलाडीलाई महानगरले जनही एक लाख दिने

काठमाडौँ महानगरपालिकाले विश्वकप क्रिकेटमा उपविजेता बनेको नेपाली दृष्टिविहीन टोलीका खेलाडीलाई जनही एक लाख रुपैयाँसहित सम्मान गर्ने निर्णय गरेको छ।

भ्रामक सूचना फैलाएर उच्च मूल्यमा शेयर बेचेको आरोपमा दीपेन्द्र अग्रवाल पक्राउ

जोशी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्यमा चलखेल गरी करिब ४९ लाख रुपैयाँ अवैध नाफा कमाएको आरोपमा दीपेन्द्र अग्रवाललाई सीआईबीले पक्राउ गरेको छ।

रास्वपा सभापति लामिछाने धरौटीमा रिहा

बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा साढे तीन करोडभन्दा बढीको बैंक जमानत र धरौटी बुझाएर रास्वपा सभापति रवि लामिछाने रिहा भएका छन्।

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि ‘डीभी’ स्थगित गर्ने ट्रम्प प्रशासनको निर्णय

ब्राउन युनिभर्सिटीमा भएको सामूहिक गोलीकाण्डका मुख्य अभियुक्त ‘डीभी’मार्फत अमेरिका प्रवेश गरेको खुलेपछि ट्रम्प प्रशासनले ग्रिन कार्ड लटरी कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ।

सुरक्षाकर्मीलाई ‘घरदास’बाट मुक्त गराउन परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

बहालवाला तथा पूर्वउच्चपदस्थका घरमा सुरक्षाकर्मीलाई ‘दास’का रूपमा खटाउने कार्य रोक लगाउन माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

राष्ट्रपतिबाट प्रतिनिधिसभा निर्वाचन अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ जारी गरेका छन्।

मध्यपहाडी लोकमार्गको जाजरकोट खण्ड ११ वर्षदेखि अधुरै

मध्यपहाडी लोकमार्गको जाजरकोट खण्डमध्ये हालसम्म ५५ किलोमिटर मात्र कालोपत्र भएको छ भने बाँकी ३० किलोमिटर क्षेत्रमा काम सम्पन्न नहुँदा बर्सेनि यात्रुले सास्ती भोग्दै आएका छन्।

साप्ताहिक ब्रिफिङः ‘इन्भेस्टमेन्ट स्क्याम’को जालो, निर्वाचनप्रति एमाले किन सशंकित?

यो साता उकालोमा, ‘इन्भेस्टमेन्ट स्क्याम’को जालो : लुट्ने डिजिटल शैली, मधेशमा महिला हिंसाः न्यायमा किन सधैँ अवरोध?, रेमिट्यान्स कारोबारको बहानामा भट्टचन अनुकूलका कम्पनीमा लगानीलगायतका समाचारले हेडलाइन बनाए।

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुने

शीतलहरबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि स्थानीय प्रशासनले पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए।

ढाकामा बढ्यो तनाव, सञ्चारगृहमा तोडफोड र आगजनी

हादीको मृत्युसँगै देशभर अशान्ति फैलिएपछि इन्किलाब मञ्चले नागरिकहरूलाई संयम अपनाउन आग्रह गरेको छ।

रिलायन्स स्पीनिङ मिल्सको शेयर निष्कासनबारे छानबिन गर्न समिति गठन

नेपाल धितोपत्र बोर्डको शुक्रबार बसेको बैठकले बोर्ड सदस्य विनोदकुमार भट्टराईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।

प्रवासी मताधिकारबारे तयार पारिएको प्रतिवेदन सार्वजनिक

प्रतिवेदनअनुसार, विदेशमा बस्ने अधिकांश नेपालीले विद्युतीय र दूतावास–आधारित मतदानप्रति रुचि देखाएका छन्।

जनसंख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानूनमा संशोधन

मन्त्रिपरिषद्को बिहीबारको बैठकले राष्ट्रिय जनगणना, २०७८ को अन्तिम प्रतिवेदनअनुसार विभिन्न क्लस्टरको प्रतिशत मिलान गर्न निर्वाचन ऐनमा संशोधन गर्ने निर्णय गरेको हो।

हिमाली भूभागमा आंशिक बदली

दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित बाँकी हिमाली भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।